प्रसाईलाई उपद्रव कसुरमा मात्र दोषी देखाइएपनि सरकारको दबाबमा उनलाई पुर्पक्षमा पठाइयो
काठमाडौं– जिल्ला अदालतले तीनकुने घटनामा जबरजस्ती दोषी बनाइएका नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश विहिबार दिएको थियो ।

तीनकुने घटनामा प्रसाईमाथि लगाइएका चारवटा अभियोगमा भने संलग्नता नदेखिएको अदालतकै आदेशमा भनिएको छ ।
जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंलाई लगाइएकामध्ये राज्यविरुद्धको कसुर, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र संगठित अपराधका कसुरतर्फ कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार नदेखिएको जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
तर आपराधिक उपद्रवमा भने प्रसाईंको संलग्नता देखिएको आदेशान भएपनि उनलाई पुर्पक्षमा पठाइएको छ । हाल उनी डिल्लीबजार कारागारमा छन् ।
कसुरमा हाल संलग्नता पुष्टि हुने आधार नदेखिएको र पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा उल्लेख छ । यसलाई आधार मानेर उनलाई पुर्पक्षमा पठाइएको हो । यसको पछाडी अप्रत्यक्ष रुपमा सरकारको हस्तक्षेप र दबाब सिर्जना भएको सरकारी वकिलहरुले नै बताइरहेका छन् ।
अदालतले यी आधारसहित प्रसाईं र अन्य ६ जनालाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
Image Source: © https://mulpatra.com
कारागार चलान हुनेमा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।
अन्य ३२ जना प्रतिवादीलाई भने धरौटीमा रिहा गर्न अदालतको आदेश छ । उनीहरूलाई १० हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म धरौटीमा रिहा गर्न जिल्ला न्यायाधीश ध्रुवराज कार्कीले आदेश दिएका छन्।
आपराधिक उपद्रवमा संलग्नता रहेको प्रारम्भिक निष्कर्षमा पुग्दा अदालतले विभिन्न आधारहरू लिएको छ । तरमा तीनकुने घटनामा प्रसाईको संलग्नता भने कत्तै देखिएको छैन । जसका कारण उनलाई उपद्रवको मुद्दामा पुर्पक्षमा पठाउनुपर्ने अवस्था नभएको एक वकिलको दाबी छ ।
नौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको घरमा आगो लगाई पत्रकार सुरेश रजकको हत्या गर्ने कार्यमा पनि आफ्नो संलग्नता अस्वीकार गरेका थिए । सुरेश रजकको हत्यामा जो–जो संलग्न छन् उनीहरूले नै जिम्मा लिनु पर्ने प्रसाईंले बयान दिएका थिए । यी घटनामा प्रसाई कतै सलंग्न छैनन् ।
आफूले त्यस्ता कार्य गर्न कसैलाई निर्देशन नदिएको र जनधनमा आफूले क्षति पनि नपु¥याएको दाबी गरेका छन् । पत्रकार रजकको ज्यान गएको घटनाबारे आफूलाई केही थाहा नभएको प्रसाईंले बयान दिएका छन् ।
त्यसदिन आफ्नै ज्यानको खतरा भएकाले आफ्नो ज्यान बचाउन त्यहाँबाट सुरक्षित स्थानमा गएको बयान दिएका छन् । उनले आन्दोलन समितिको संयोजक धवलशमशेर राणा र सदस्यमा राप्रपाकै रवीन्द्र मिश्र रहेको कागजातबाट देखिएको आदेशमा उल्लेख छ । उनीहरु भने प्रहरी र अदालतको फरार सूचीमा छन् ।
तर दुर्गा प्रसाईंले सुरेश रजकको कर्तव्य गरी ज्यान मारेको भन्ने कुरा देखिने कुनै प्रमाण वादी पक्षबाट अभियोग पत्रसाथ पेस नभएको पनि आदेशमा उल्लेख छ ।
तीनकुने घटनापछि प्रसाईलाई राजनीतिक इगोमा पुर्पक्षमा पठाएको देखिन्छ । प्रसाईले तीन वर्षअघि देखि नेपालमा आफनो महाअभियानमार्फत राजनीतिक विकृतिका चर्को विरोध गदै आएका छन् । जसका कारण उनीमाथि सबैभन्दान बढी नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली खनिएका छन् ।
ओलीकै दबाबमा प्रसाईलाई पुर्पक्षमा पठाईको पनि उनका समर्थकको आरोप छ ।



