टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक

टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक
  • १ असार २०८२, आईतवार १२:४१

काठमाडौं – टेलिसिरियल ‘वाचा बन्धन’को पहिलो भाग सार्वजनिक गरिएको छ । यो सिरियल शनिबार वेलुका ७ वजेदेखि ओएसआर डिजिटल युट्युबमार्फत आएको हो ।

mulpatra

यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस सिरियलमा कमल बुढाथोकीको प्रस्तुति, कमल र दीपा बुढाथोकीको निर्माण, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, नेत्र विष्टको निर्माण नियन्त्रण छ । नयाँ पुराना गरेर दुई दर्जन बढी कलाकारको अभिनय यसमा रहेको छ ।

‘सकम्बरी’ गीतबाट चर्चित कुशुम, ‘जुठे’ सिरियलबाट चर्चित जुनकिरी अनि पहिलो पटक अभिनयमा प्रवेश गर्नुभएका प्रशान्त बुढाथोकीको अभिनय यसमा छ । आकाश मगरको गीत÷संगीत, मुभि प्वाईन्टको पोष्ट प्रोडक्सन र रामचन्द्र काफ्लेको यसको गीतमा स्वर रहेको छ ।

mulpatra mulpatra mulpatra

यसमा सरिता ढुङ्गाना, कुशुम शर्मा, प्रशान्त वुढाथोकी (करण) विशाल पहाडी, हेमराज घर्ती, रश्मि भट्ट, शुभाष गजुरेल, प्रिया रिजाल, प्रेमदेव गिरि, सविन वास्तोला, यादव गिरि, आयुष विसी लगायतका दुई दर्जन बढि कलाकारको अभिनय छ । ‘वाचा बन्धन’को ललितपुरको छम्पि र रुकुम पूर्वीभागको लुगुम नरिबाङको रमणिय स्थलमा छायांकन गरिएको हो ।