रास्वपाको विरोध र राप्रपाले बहिस्कार गरेपनि चलिरहेछ प्रतिनिधिसभा बैठक
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बजेटबारे छलफल सुरू भएको छ। लामो समयसम्म नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधि सभाको बैठक अवरोध भइरहेको थियो तर माओवादी केन्द्रले दुई बुँदे सहमती गरी सदन चल्न दिने भएपछि रास्वपाको विरोधका विच सदनमा बजेटबारे छलफल सुरु भएको हो ।

राप्रपाले भने संसद् बहिष्कार गरि हल बाहिर निस्किएका छन । नियमाली अनुसार संसद् नचलेकाले बहिष्कार गरिएको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताएका छन् ।
बैठकमा अर्थमन्त्री पौडेलले प्रस्तावित बजेटमाथि छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए ।
छलफल प्रक्रियामा सुरूमा नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले आफ्ना विचार राखे भने एमालेबाट भिम आचार्यले सदनमा आफ्ना कुरा राखेका छन् ।
![]() |
![]() |
![]() |
|---|



