संघीय निजामती सेवा विधेयक पेस, कुलिङ पिरियड पास होला

संघीय निजामती सेवा विधेयक पेस, कुलिङ पिरियड पास होला
  • १ असार २०८२, आईतवार १७:३७

काठमाडौं– ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’सम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।

mulpatra

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको आइतबारको बैठकमा समितिबाट पारित प्रतिवेदन पेश गरेका हुन् ।

विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था राखिएकोमा यी दुई विषयमा विवाद कायमै छ । उक्त व्यवस्था हटाउनुपर्ने भन्दै मुख्यसचिवदेखि सचिवसम्मले लबिङ गरिरहेका छन्, तर ती व्यवस्था नहटेको सभापति खतिवडाले बताए ।

mulpatra mulpatra mulpatra

यही जेठ १४ मा प्रतिनिधिसभाको बैठकमा नै पेस गर्ने कार्यसूची रहे पनि विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै निन्तर बैठक अवरुद्ध गरेपछि पेश हुन सकेको थिएन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले करिब एक महिनाअघि गत जेठ २ मा उक्त विधेयक समितिबाट पारित गरेको थियो ।

फागुन ९ मा बसेको समितिको बैठकले दिलेन्द्रप्रसाद बडुको नेतृत्वमा एक महिना समयसिमा दिएर उपसमिति गठन गरेको थियो । हितराज पाण्डे, रघुजी पन्त, लिलानाथ श्रेष्ठ, इश्वरीदेवी न्यौपाने, डा.चन्दा कार्की, प्रकाश अधिकारी, अशोक राई, बुद्धिमान तामाङ, राजेन्द्र पाण्डे र सर्बेन्दनाथ शुक्ला सदस्य रहेको उपसमितिले केहि सदस्यको फरक मत सहितको प्रतिवेदन समितिमा पेश गरेको थियो । जेठ २ गते बसेको समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको थियो ।

२०८१ जेठ १५ को बैठकमा उक्त विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको थियो । २०८१ जेठ २३ मा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त भएको थियो । दफबार छलफल गर्ने क्रममा २०८१ भदौ २० गते पहिलो बैठकमा छलफल सुरु भएको थियो । १३ परिच्छेद र १४७ दफा रहेको उक्त विधेयकमा १२४ वटा दर्ता समूहबाट १३० जना सांसदले १ हजार ५८३ संशोधन दर्ता भएका थिए ।

Image Source: © https://mulpatra.com

विधेयक प्रतिवेदन भदौ २०८१ भदौ २० देखि २०८२ जेठ २ सम्म २७ वटा उपसमिति र बाँकी समितिका गरेर ४७ वटा बैठक बसेर विधेयकलाई टुंगोमा पु¥याएको समिति सभापति खतिवडाले जानकारी गराए ।