Close

Recent Posts

संघीय निजामती सेवा विधेयक पेस, कुलिङ पिरियड पास होला

संघीय निजामती सेवा विधेयक पेस, कुलिङ पिरियड पास होला
  • १ असार २०८२, आईतवार १७:३७

काठमाडौं– ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’सम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।

mulpatra

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको आइतबारको बैठकमा समितिबाट पारित प्रतिवेदन पेश गरेका हुन् ।

विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था राखिएकोमा यी दुई विषयमा विवाद कायमै छ । उक्त व्यवस्था हटाउनुपर्ने भन्दै मुख्यसचिवदेखि सचिवसम्मले लबिङ गरिरहेका छन्, तर ती व्यवस्था नहटेको सभापति खतिवडाले बताए ।

यही जेठ १४ मा प्रतिनिधिसभाको बैठकमा नै पेस गर्ने कार्यसूची रहे पनि विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै निन्तर बैठक अवरुद्ध गरेपछि पेश हुन सकेको थिएन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले करिब एक महिनाअघि गत जेठ २ मा उक्त विधेयक समितिबाट पारित गरेको थियो ।

फागुन ९ मा बसेको समितिको बैठकले दिलेन्द्रप्रसाद बडुको नेतृत्वमा एक महिना समयसिमा दिएर उपसमिति गठन गरेको थियो । हितराज पाण्डे, रघुजी पन्त, लिलानाथ श्रेष्ठ, इश्वरीदेवी न्यौपाने, डा.चन्दा कार्की, प्रकाश अधिकारी, अशोक राई, बुद्धिमान तामाङ, राजेन्द्र पाण्डे र सर्बेन्दनाथ शुक्ला सदस्य रहेको उपसमितिले केहि सदस्यको फरक मत सहितको प्रतिवेदन समितिमा पेश गरेको थियो । जेठ २ गते बसेको समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको थियो ।

२०८१ जेठ १५ को बैठकमा उक्त विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको थियो । २०८१ जेठ २३ मा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त भएको थियो । दफबार छलफल गर्ने क्रममा २०८१ भदौ २० गते पहिलो बैठकमा छलफल सुरु भएको थियो । १३ परिच्छेद र १४७ दफा रहेको उक्त विधेयकमा १२४ वटा दर्ता समूहबाट १३० जना सांसदले १ हजार ५८३ संशोधन दर्ता भएका थिए ।

विधेयक प्रतिवेदन भदौ २०८१ भदौ २० देखि २०८२ जेठ २ सम्म २७ वटा उपसमिति र बाँकी समितिका गरेर ४७ वटा बैठक बसेर विधेयकलाई टुंगोमा पु¥याएको समिति सभापति खतिवडाले जानकारी गराए ।