आजदेखी लालीगुराँस र पानीछाप रहेको १० को नयाँ नोट बजारमा

आजदेखी लालीगुराँस र पानीछाप रहेको १० को नयाँ नोट बजारमा
  • २ असार २०८२, सोमबार ११:०९

काठमाडौं– नेपाल राष्ट्र बैंकले १० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकका अनुसार, नोटको बाँयाँ भागमा सगरमाथाको चित्र र दायाँ भागमा लालीगुराँसको पानी छाप रहेको छ। साथै, गभर्नरको हस्ताक्षर स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत समावेश गरिएको छ ।

मुद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै, साविककै आकार र रंगमा रहेको यो नयाँ नोट असार २ गते, सोमबारदेखि बजारमा ल्याइएको जानकारी दिएको हो ।

बाँयातर्फ सगरमाथाको चित्र र दायँतर्फ लालीगुराँसको पानी छाप रहेको नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने राष्ट्र बैंकले जनाएको छ ।