मध्यपहाडीका निर्देशक पोखरेलको पक्षमा बलात्कारलाई यौन दुव्र्यवहार भन्दै फौसला गरेको पीडितको आपक्ति
काठमाडौं– जबर्जस्ती करणीको आरोपमा समातेको मध्यपहाडी लोकमार्गका निर्देशक हरिकुमार पोखरेल प्रहरी हिरासतमा थिए । दुई अघि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ परेका थिए । पुर्पक्षमै राखे अनुसन्धान गरिएको थियो ।

तर गत साता भएको काठमाडौं जिल्ला अदालतले गरेको फौशलामा माग दाबी नपुगेको भन्दै मध्यपहाडी लोकमार्गका निर्देशक हरिकुमार पोखरेललाई दुरुव्यवहार गरेको मात्र ठहर गर्दै छोड्न आदेश दिएको थियो । यसका पीडित युवतीले आपक्ति जनाउँदै अदालतमाथि प्रश्न गरेकी छिन् ।
बलात्कारको मुद्दामा मध्यपहाडी लोकमार्गका निर्देशक हरिकुमार पोखरेललाई कानुनी छुट दियो । यो ममाथि अन्य भएको पीडित युवतीको आरोप छ । दुव्र्यवहार भन्दा अहिलेको टर्चर बढी छ । म पागल हुने बेला भइसक्यो । कानुनले पनि त्यसमा टर्चर थपेको उनको आरोप छ ।
पीडित युवतीको अनुसार राम प्रसाद शर्माको इजलासमा योभन्दा अगाडी लगातर दुई दिनसम्म बहस गरि प्रतिउत्तर लगाएपनि त्यति फौसला भएन ।
उनकै शब्दमा
खिमानन्द भुसाल श्रीमान् र न्यायालयप्रतिको प्रश्न
👉मेरो इज्जत लुटिएको सत्यलाई किन ूदाबी नपुगेकोू भन्दै दुर्व्यवहार मात्र ठहराउनुभयो
👉जबर्जस्ती करणीको परिभाषा कस्तो हो, र मेरो अनुभवलाई किन त्यसमा नसमेट्नुभयोरु👉दफा २१९ देखि २२४ मा लेखिएको बुँदालाई किन शब्दशः अध्ययन गर्नुभएन
👉यदि मेरो मुद्दा दुर्व्यवहार मात्र हो भने, रामप्रसाद शर्मा बेन्चले दुई दिन बहसपछि किन फैसला टारेर अर्को बेन्चमा पठायोरु
👉त्यो बेला किन दुर्व्यवहार ठहरिएन, र अब किन अचानक यो परिवर्तन भयोरु
👉न्यायालय पैसामा बिकेको हो कि बेन्चअनुसार फैसला फरक हुन्छ
👉बला८त्कार भनेको के हो—कपडा फाल्ने, रगताम्मे अवस्था, वा मृत्युको नजिक पुग्नु पर्छ कि संविधानको परिभाषा मानिन्छरु
👉बेन्चअनुसार व्याख्या फरक हुने हो भने, बला८त्कारको परिभाषा कस्तो होर
👉यदि ममाथि बला८त्कार भएको थिएन भने, मेरो इज्जत लुटिनु र अस्मिता खुसिनु कस्तो दुर्व्यवहार होर
👉बला८त्कार गर्दा दुर्व्यवहार भनिन्छ भने, दुर्व्यवहारको सीमा कस्तो अवस्थामा हुन्छरु👉मेरो पीडालाई संवेदनशीलता र सम्मान दिएर किन फैसला सुनाउनुभएनर
👉दुई वर्षदेखि मुद्दा विचाराधीन रहनु र १५ पटक मिति सार्न प्रतिवादीलाई सुविधा दिनु यो सबैको पछाडिको रहस्य यही थियो र
👉गरीब पीडितको आँसु र आवाज किन बेवास्ता भयोर
👉न्यायमा ढिलाइले पीडितको हक कुण्ठित हुनु अन्याय होइनर
श्रीमान ज्यू मैले न्याय मागेकी थिए संविधानले कानुनले दिएको अधिकार म कानुनको दायरामा रहेर तर तपाईंले मेरो अस्मितामा ३ सम्झौता गर्नु भयो यो एकदम गलत गर्नु भयो ।
तपाईंले कुन कानुन किताबको करणीको दफा प्रयोग गरी फैसला गर्नु भयो खिमानन्द भुसाल श्रीमान ज्यू
अहिलेको जुन मुलुकी अपराध संहिता २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ फौजदारी कसुर भन्ने किताबमा लेखिएको २१९ १ र २ र उपदफा क ख ग ले व्याख्या गरेको कानुनी परिभाषा कानुनमा भएको त प्रयोग गर्नु भएन क्यारे रु
यदि त्यो अनुसार तपाईँले फैसला गर्नुभएको भएदेखि बकाइदा मागदाबी पुग्ने थियो हैन
तपाइँ कुन नजिर बनाउँद हुनुहुन्छ एकचोटि पछाडि फर्केर हेर्नुस् तरु
के तपाईँ चाहनुहुन्छ बाँकी रहेका अरु पीडित न्यायालय न्याय माग्न नआओस् भन्ने त्यसैको लागि तय गरिएको हो यो नजिर जुन मेरो केसमा गर्नु भएको छ ।
