मिलेसम्म निजामती विधेयक आजै पारित गरिदै

मिलेसम्म निजामती विधेयक आजै पारित गरिदै
  • ३ असार २०८२, मंगलवार १६:३४

काठमाडौं– बहुप्रतिक्षीत संघीय निजामती विधेयक प्रतिनिधिसभाबाट आजै पारित गर्ने कार्यसूची तयारी गरेको छ । आधा घण्टाका लागि स्थगित बैठक अहिलेसम्म सुरू भएको छैन । सभामुख अहिले सचेतकहरूसँग छलफलमा छन् ।

mulpatra

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ मा उक्त विधेयक समितिबाट पारित गरेको थियो । २०८१ जेठ १५ को बैठकमा उक्त विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको थियो ।

मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पहिलो चरणमा ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संघीय निजामती सेवा विधेयक, २०८०’ माथि छलफल गरियोस्’ भनी प्रस्ताव पेश गर्ने र छलफललगत्तै पारितको प्रस्ताव प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

mulpatra mulpatra mulpatra

२०८१ जेठ २३ मा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त भएको थियो । दफबार छलफल गर्ने क्रममा २०८१ भदौ २० गते पहिलो बैठकमा छलफल सुरू भएको थियो । १३ परिच्छेद र १४७ दफा रहेको उक्त विधेयकमा १२४ वटा दर्ता समूहबाट १३० जना सांसदले १ हजार ५ सय ८३ संशोधन दर्ता भएका थिए ।

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी संसदीय समितिको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको आइतबारको बैठकमा पेश गरिसकेका छन् ।

यस्तो छ विधेयकमा

Image Source: © https://mulpatra.com

विधेयकमा कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष कायम गरिएको छ । तर, यो ऐन लागू भएको आर्थिक वर्षमा ५८ वर्ष उमेर पुरा हुने निजामती कर्मचारीले ५८ वर्ष उमेर पूरा भएपछि र ऐन प्रारम्भ भएको दोस्रो आर्थिक वर्षमा ५८ वर्ष उमेर पूरा हुने निजामती कर्मचारीले ५९ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश जानेछन् ।

यस्तै अधिकृत पन्ध्रौ तहका निजामती कर्मचारी अर्थात मुख्यसचिवको सेवा अवधि २ वर्ष मात्रै राखिएको छ भने अधिकृत चौधौँ तहका निजामती कर्मचारी अर्थात सचिवको सेवा अवधि ४ वर्ष कायम गरिएको छ । तर, यो ऐन लागू हुदाँका बखत सचिव पदमा कार्यरत रहेका निजामती कर्मचारीको हकमा उक्त पदमा नियुक्त हुँदाका बखत कायम रहेको पदावधि अर्थात मुख्यसचिवको हकमा ३ वर्ष र सचिवको हकमा ५ वर्ष सेवा अवधि कायम रहनेछ ।