फेरी रोकियो उच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया

फेरी रोकियो उच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया
  • ३ असार २०८२, मंगलवार १७:०५

काठमाडौं– उच्च अदालतका न्यायाधीश नियुक्तिको प्रक्रिया तत्कालका लागि रोकिएको छ । सिफारिस भएका नेपालमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भइसकेको छ। यो सुनुवाइ नहुँदासम्म न्यायाधीश नियुक्तिको प्रक्रिया रोकिएको छ ।

mulpatra

न्याय परिषद् सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महेशकुमार नेपालको नाम सिफारस भएसँगै न्यायाधीश नियुक्तिको प्रक्रिया तत्काललाई रोकिएको हो । त्यस्तै उच्च अदालतको मुख्य न्यायाधीशमा चार जना पनि सिफारिस भएका छन् ।

न्यायाधीश नियुक्तिको विषयमा छलफलसमेत सकिएर ३ जनाको नाम सिफारिस भएको थियो। न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल पहिलो नम्बरमा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा पनि सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो ।

mulpatra mulpatra mulpatra

उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका थिए ।

न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी यही असार १० गतेदेखि अवकाशमा जाँदैछन्। त्यस्तै उच्च अदालत जानका लागि सर्वोच्चका मुख्य रजिस्ट्रार देवेन्द्राज ढकाल सहरजिस्ट्रा मानबहादुर कार्की तयारी अवस्थामा छन् ।