Close

फेरी रोकियो उच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया

फेरी रोकियो उच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया
  • ३ असार २०८२, मंगलवार १७:०५

काठमाडौं– उच्च अदालतका न्यायाधीश नियुक्तिको प्रक्रिया तत्कालका लागि रोकिएको छ । सिफारिस भएका नेपालमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भइसकेको छ। यो सुनुवाइ नहुँदासम्म न्यायाधीश नियुक्तिको प्रक्रिया रोकिएको छ ।

mulpatra

न्याय परिषद् सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महेशकुमार नेपालको नाम सिफारस भएसँगै न्यायाधीश नियुक्तिको प्रक्रिया तत्काललाई रोकिएको हो । त्यस्तै उच्च अदालतको मुख्य न्यायाधीशमा चार जना पनि सिफारिस भएका छन् ।

न्यायाधीश नियुक्तिको विषयमा छलफलसमेत सकिएर ३ जनाको नाम सिफारिस भएको थियो। न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल पहिलो नम्बरमा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा पनि सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो ।

उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका थिए ।

न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी यही असार १० गतेदेखि अवकाशमा जाँदैछन्। त्यस्तै उच्च अदालत जानका लागि सर्वोच्चका मुख्य रजिस्ट्रार देवेन्द्राज ढकाल सहरजिस्ट्रा मानबहादुर कार्की तयारी अवस्थामा छन् ।