खराब कर्जाले बैकिङ क्षेत्रमा संकट भित्र्याउँदै

खराब कर्जाले बैकिङ क्षेत्रमा संकट भित्र्याउँदै
  • ३ असार २०८२, मंगलवार २०:३०

काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म आइपुग्दा नेपालका वाणिज्य बैंकहरूको खराब कर्जा उल्लेखनीय रूपमा वृद्धि भएको छ, ।

mulpatra

२० वटा वाणिज्य बैंकहरूको सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार, औसत खराब कर्जा ४.४३ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३.३४ प्रतिशत मात्र थियो । जसले समग्र बैंकिङ प्रणालीको वित्तीय स्थायित्वमा गम्भीर चुनौती खडा गरेको छ ।

खासगरी, समीक्षा अवधिमा १८ वाणिज्य बैंकहरूको खराब कर्जा बढेको छ भने मात्र दुई वाणिज्य बैंकले आफ्नो खराब कर्जा घटाउन सकेका छन् । यस हिसाबले एक वर्षमै खराब कर्जा १ प्रतिशत विन्दुले वृद्धि भएको देखिन्छ, जुन बैंकको जोखिम व्यवस्थापन प्रणालीमा खोट देखिएको स्पष्ट संकेत हो ।

mulpatra mulpatra mulpatra

चालु आवको तेस्रो त्रैमासिक अवधिमा एभरेष्ट बैंकको खराब कर्जा अनुपात ०.६४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा ०.७० प्रतिशत रहेको थियो भने स्टान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा अनुपात १.४४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो अनुपात २.१४ प्रतिशत रहेको थियो ।

यो अवधिसम्म सबैभन्दा बढी खराब कर्जा हिमालयन बैंकको रहेको छ । बैंकको खराब कर्जा अनुपात ७.६८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकको खराब कर्जा अनुपात ४.९६ प्रतिशत थियो ।

यस्तै, कुमारी बैंकको ६.९८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.०६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.८६ प्रतिशत, एनआइसी एशिया बैंकको ५.७५ प्रतिशत, सिटिजन्स बैंकको ५.७१ प्रतिशत, प्राइम कमर्सियल बैंकको ५.६५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैंकको ५.०९ प्रतिशत रहेको छ ।

Image Source: © https://mulpatra.com

त्यसैगरी, ग्लोबल आइएमई बैंकको खराब कर्जा ४.९८ प्रतिशत, कृषि विकास बैंकको ४.९८ प्रतिशत, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५९ प्रतिशत, एनएमबी बैंकको ४.४७ प्रतिशत, नेपाल एसबीआई बैंकको ४.०६ प्रतिशत र सिद्यार्थ बैंकको ४.०४ प्रतिशत खराब कर्जा रहेको छ ।