Close

Recent Posts

सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गर्ने

सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गर्ने
  • ४ असार २०८२, बुधबार ११:००

काठमाडौं– पछिल्लो समय सुनचाँदी व्यवसायीहरु गदै आएको आन्दोलन स्थगित गर्ने भएका छन् । हालसम्म सञ्चालनमा रहेका आन्दोलन स्थागित गर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए ।

mulpatra

उनका अनुसारका सरकारले लगाएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेर असार १ गतेदेखि आन्दोलन गरिरहेका छन् ।

सुनचाँदी कुनै विलासिताको वस्तु होइन, सांस्कृतिक, धार्मिक तथा परम्परागत दृष्टिले अत्यन्त महत्वपूर्ण सम्पत्ति हो । यस्तो वस्तुमा सरकारले विलासिता कर लगाउनु जनताको विश्वासमाथिको प्रहार भएको सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले जनाएको छ ।

mulpatra mulpatra mulpatra

सुनचाँदीको कारोबारका लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी स्पष्ट नीति र नियमावली एवं निर्देशिका निर्माण गर्न समेत माग गरिरहेका छन् । सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेजीको माग गर्दै आन्दोलन गरिरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष रसाइलीले जानकारी दिए ।

पष्ट, पारदर्शी र व्यावहारिक नियमावली एवं निर्देशिका निर्माण गर्न सरकारलाई आग्रह गरेका छन्। सरकारले कर प्रणाली पुनरावलोकन नगरे व्यवसायीहरू थप कडा आन्दोलनमा जान सक्ने चेतावनी समेत दिइएको छ । आन्दोलनले दीर्घकालीन रूप लिएमा बजार आपूर्ति, मूल्य वृद्धि तथा अन्य आर्थिक गतिविधिमा समेत असर पर्ने संकेत देखिएको छ ।