‘आओ आओ’ भनेको भिडियो खिचेर पोष्ट गरि प्रसाईलाई विवादमा मुछेका पत्रकार दाहाल ५ हजार धरौटीमा रिहा
काठमाडौं– चैत १५ गते तीनकुनेको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईँको गाडीभित्र बसेर उनको उत्तेजक हर्कतको भिडिओ खिचेर पोष्ट गर्ने पत्रकार प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । उनलाई काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि दाहाललाई धरौटीमा छाड्न आदेश दिइएको हो ।

उनैको भिडियोका कारण प्रसाई विवादमा तानिएका थिए । दाहालले खिचेकै भिडियोका कारण प्रसाईलाई अनुसन्धानमा समस्या सिर्जना गरेको थियो । त्यहि भिडियोका कारण प्रसाई समस्यामा परेका थिए । हाल प्रसाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।
प्रसाईँ बानेश्वरतर्फ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरूलाई ‘आओ आओ’ भन्दै उक्साइरहेको भिडिओ प्रकाशचन्द्रले प्रसारण गरिरहेका थिए । प्रसाईँको गाडीले प्रहरीलाई नै किचेर अघि बढ्न खोजेपछि स्थिति भड्किएको थियो ।
दाहालले भने आफूले पत्रकारका रूपमा एक्सक्लुसिभ भिडिओ खिच्नेबाहेक अरु भूमिका नरहेको भन्दै प्रहरीले आफ्नो कमजोरी लुकाउन उल्टो मुद्दा चलाएको गुनासो गर्दै आएका थिए । दाहालले भने आफूले पत्रकारका रूपमा एक्सक्लुसिभ भिडिओ खिच्नेबाहेक अरु भूमिका नरहेको भन्दै प्रहरीले आफ्नो कमजोरी लुकाउन उल्टो मुद्दा चलाएको गुनासो गर्दै आएका थिए ।
प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा प्रकाशचन्द्र दाहाल पनि परेका थिए । उनीविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित ६ वटा मुद्दा लगाइएको थियो । सोही दिनदेखि फरार दाहाल अदालतमा बयानका लागि हाजिर भएका थिए ।
