बैंकमा ७० खर्ब १ अर्ब निक्षेप जम्मा, तरलता व्यवस्थापनमा समस्या
काठमाडौं– बैंकिङ प्रणालीमा निक्षेप निरन्तर वृद्धि भइरहेको छ । सबैभन्दा ठूलो हिस्सेदार वाणिज्य बैंकले मात्र सो दिन ४ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । त्यसपछि वाणिज्य बैंकहरुको कुल निक्षेप ६२ खर्ब ६२ अर्ब रुपैयाँमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असार १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ३ अर्ब रुपैयाँले बढी हो । वाणिज्य बैंकहरुको मात्रै कर्जा लगानी ४९ खर्ब ४९ अर्ब रुपैयाँमा पुगेको छ। बैंकहरुको औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम रहेको छ भने औसत क्रेडिट–डिपोजिट (सीडी) रेसियो ७८.४० प्रतिशतमा सीमित छ ।
यससँगै, कर्जा लगानीमा समेत वृद्धि देखिएको छ। असार १ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा ४ अर्ब रुपैयाँले वृद्धि भएर ५५ खर्ब ६८ अर्ब रुपैयाँमा पुगेको छ ।
![]() |
![]() |
![]() |
|---|
बैंकिङ प्रणालीमा अत्यधिक तरलता संचित भएपछि नेपाल राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यही क्रममा, केन्द्रीय बैंकले आज (असार ४) गते बैंकिङ प्रणालीबाट थप ९० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडको गुणफलमा बोलकबोल गर्न सक्नेछन्, जहाँ बोलकबोल ब्याजदरका आधारमा हुनेछ ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र बोलकबोलमा सहभागी हुन दिइनेछ। यो निक्षेप संकलन उपकरण ३५ दिनको हुने र साउन ७ गते मूलधन तथा ब्याजको भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
Image Source: © https://mulpatra.com



