Close

Recent Posts

राष्ट्र बैंकले गर्यो विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन

राष्ट्र बैंकले गर्यो विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली संशोधन
  • ५ असार २०८२, बिहीबार १२:२३

काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा संशोधन गरेको छ ।

mulpatra

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १० (क) मा भएको व्यवस्था बमोजिम विदेशमा लगानी सम्बन्धी शर्त, लगानीको क्षेत्रगत सीमा लगायत अन्य व्यवस्थाहरु समावेश गरी राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा चौथौ संशोधन गरिएको बताएको हो ।

राष्ट्र बैंककाअनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १९(३) को व्यवस्थाबमोजिम प्रचलित कानुनबमोजिम हुने कर बापतको रकम सम्बन्धित विदेशी लगानीकर्ता, उद्योग–कम्पनी, वा कर कार्यालयको नाममा प्राप्त हुने गरी बैंक तथा वित्तीय संस्था मार्फत भित्र्याउन सकिनेछ । त्यस्तो रकम भित्र्याउन राष्ट्र बैंक वा विदेशी लगानी स्वीकृत गर्ने निकायको स्वीकृति आवश्यक नपर्ने उल्लेख छ ।

mulpatra mulpatra mulpatra

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ बमोजिम विदेशमा लगानी गर्न पाउने गरी छुट प्राप्त उद्योगले विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सक्ने उल्लेख छ ।

औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनबमोजिम सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पूँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्र–उद्योगमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा राष्ट्र बैंकबाट प्राप्त गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, संस्थाले विदेशमा लगानीबाट आर्जित रकम वा लगानी फिर्ता गरी नेपालमा रकम भित्र्याउँदा बैंकिङ्ग प्रणालीमार्फत भित्र्याउनु पर्ने राष्ट्र बैंकले बताएको छ । यस विनियमबमोजिम सटही सुविधा लिई विदेशमा लगानी गरेकोमा विदेशी विनिमय अपचलन भएको पाइएमा वा प्रचलित कानुन विपरीत भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उल्लेख छ ।

Image Source: © https://mulpatra.com

विनियमबमोजिम विदेशमा लगानीसम्बन्धी तथ्याङ्क÷विवरण विदेशमा लगानी गर्ने संस्थाले राष्ट्र बैंकबाट माग भएबमोजिम पेश गर्नुपर्नेछ ।

Image Source:

  • nrb-new-building: nrb