Close

Recent Posts

आलमलाई उन्मुक्ति दिने दुई न्यायाधीश न्याय परिषद् तानिए

आलमलाई उन्मुक्ति दिने दुई न्यायाधीश न्याय परिषद् तानिए
  • ५ असार २०८२, बिहीबार १७:२५

काठमाडौं– कांग्रेस नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने विवादास्पद फैसलामा संलग्न २ न्यायीशमाथि छानबिन गर्ने निर्णयमा कानूनमन्त्री अजय चौरसियाले असहमति जनाएका छन् ।

mulpatra

न्याय परिषद बैठकमा पदेन सदस्यका रूपमा उपस्थित मन्त्री चौरसियाले उक्त फैसला गर्ने न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई काजमा तानेर छानबिन गर्ने प्रस्तावको कडा प्रतिवाद गरेका थिए ।

यसअघि कै बैठकमा वरिष्ठतम न्यायाधाीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षाको समेत कोणबाट हेरेर कार्यक्षेत्रबाट बोलाउने प्रस्ताव राख्दा अरुले मानेका थिएनन् । तर, विहीबार निर्णय हुँदा मन्त्री चौरसियाबाहेक परिषदका अन्य सदस्यले हस्ताक्षर गरेका छन् ।

mulpatra mulpatra mulpatra

स्रोतका अनुसार परिषद सदस्य रामप्रसाद भण्डारीले प्रारम्भिक प्रतिवेदन बुझाउँदै दुवैजनालाई बोलाउन र छानबिन समिति बनाउन सुझाव दिएका थिए । दुवै न्यायाधीशविरुद्ध न्यायपरिषदमा उजुरी परेका थिए ।

मन्त्री चौरसिया पर्साबाटै निर्वाचित कांग्रेस नेता समेत भएकाले उनले अफताब आलमलाई सफाइ दिने फैसला गर्ने न्यायाधीश जोगाउन खोजेका हुन् । विहीबार प्रतिनिधिसभा बैठकमै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानूनमन्त्रीले न्यायाधीशलाई फोन गरेर मुद्दा जिताउने गरेको भन्दै मन्त्रीको कल डिटेल हेर्न माग समेत गरेका थिए ।