Close

Recent Posts

ग्वार्को ओभरपास उद्घाटन प्रधानमन्त्रीबाट हुँदै

ग्वार्को ओभरपास उद्घाटन प्रधानमन्त्रीबाट हुँदै
  • ६ असार २०८२, शुक्रबार ११:०७

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माण भएको बहुप्रतिक्षित ओभरपास (फ्लाईओभर) अन्ततः आजदेखि सर्वसाधारणका लागि खुला गरिने छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ओभरपासको उद्घाटन गरेसँगै सवारी साधन सञ्चालन गरिने भएको छ ।। अत्यधिक ट्राफिक जाम भइरहने यो चोकमा ओभरपास निर्माणसँगै सवारी आवागमन सहज हुने विश्वास गरिएको छ।

mulpatra

यो परियोजना सन् २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरी सुरु गरिएको थियो। दुई वर्षभित्र सम्पन्न गर्ने भनिए पनि करिब ३९ महिनामा मात्र ओभरपास निर्माण सकिएको हो। इन्जिनियरिङ, खरिद र निर्माण कार्य सबै ईपीसी मोडेलमा भएको उक्त ठेक्काको प्रारम्भिक लागत १७ करोड रुपैयाँ भए पनि अन्त्यमा लागत ३१ करोड नाघेको छ।

निर्माण अवधिमा विभिन्न प्राविधिक जटिलता, माटो सुधारको आवश्यकता र डिजाइन परिवर्तनका कारण काममा ढिलाइ भएको बताइएको छ। निर्माण व्यवसायीले काम समयमा सम्पन्न नगरेपछि करिब १ करोड ४७ लाख रुपैयाँ बराबरको जरिवाना तिराइएको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।

mulpatra mulpatra mulpatra

सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा गत शनिबारमात्र मन्त्रीसहितको टोलीले स्थलगत निरीक्षण गरी अन्तिम तयारीको निर्देशन दिएको थियो। त्यसपछि ओभरपास सञ्चालनको अन्तिम चरणमा पुगेको हो।

ग्वार्को ओभरपास निर्माणको ढिलाइले उपत्यकावासीले लामो समयसम्म सास्ती व्यहोरेका थिए। अब भने चार लेनको ओभरपास खुला भएसँगै ट्राफिक जाममा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।