Close

Recent Posts

रास्वपाको कालोपोशाकको सांकेतिक विरोध पछि हट्यो प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम

रास्वपाको कालोपोशाकको सांकेतिक विरोध पछि हट्यो प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम
  • ६ असार २०८२, शुक्रबार १२:३४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांकेतिक विरोधका कारण आज गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसुचिबाट हटाईको छ । आज रास्वपाका सांसदहरु सबैले कालो पोशाक र निलो रिबन लगाएर उपस्थित भएका थिए ।

mulpatra

रास्वपाले संसद् अवरोधलाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका थिए । संसद सुरु भएको जनाउ भएपछि रास्वपाका सांसदहरुले बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

रास्वपाले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरोध गर्दै आएको छ । रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

mulpatra mulpatra mulpatra