Close

Recent Posts

नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको गुनासो, के इरान इजरायल युद्धमा मध्यस्तता त्यही कारण ढिला भएको हो

नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको गुनासो, के इरान इजरायल युद्धमा मध्यस्तता त्यही कारण ढिला भएको हो
  • ७ असार २०८२, शनिबार ११:०७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाउने गुनासो गरेका छन । उनले कङ्गो र रुवान्डाबीच वाशिङ्टनमा भएको शान्ति सम्झौतामा आफ्नो योगदान रहेको दाबी गरिरहँदा उनले सो गुनासो गरेका हुन ।

mulpatra

बुधबार संयुक्त वक्तव्यमा, युद्धरत अफ्रिकी मुलुकहरू -कङ्गो लोकतान्त्रिक गणराज्य र रुवान्डाले – पूर्वी कङ्गोमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहितको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेका छन्, जुन सम्झौता अर्को हप्ता अमेरिकामा औपचारिक रूपमा हस्ताक्षर हुने छ।

ट्रम्पले ट्रुथ सोशलमा लेख्दै भने भनेका छन् ‘यो अफ्रिकाका लागि एक महान् दिन हो र, साँच्चिकै भन्ने हो भने, विश्वका लागि पनि एक महान् दिन हो ।’

mulpatra mulpatra mulpatra

यति भनेर गर्व गरिरहँदा उनले नर्वेमा रहेको नोबेल समितिले भारत–पाकिस्तान र सर्बिया–कोसोभोबीचको द्वन्द्व समाधानमा आफ्नो मध्यस्थतामूलक भूमिकालाई बेवास्ता गरेको भनेर गुनासो गरेका छन् ।

उनले इजिप्ट र इथियोपियाबीच शान्ति कायम राखेको, र अब्राहाम सम्झौताहरू गराएको जस माग्छन् – जुन इजरायल र विभिन्न अरब राष्ट्रहरूबीच सम्बन्ध सामान्यीकरण गर्ने शृंखलाबद्ध प्रयास हो।

ट्रम्पले चुनावी प्रचारमा आफूलाई “शान्तिकर्मी” भनेर चित्रण गरेका थिए, जसले युक्रेन र गाजामा जारी युद्धलाई आफ्नो वार्ताकौशलबाट चाँडै अन्त्य गरिदिन्छन् भन्ने दाबी गरेका थिए – तर उनको राष्ट्रपति पदको पाँच महिनापछि पनि दुबै युद्ध जारी छ।

Image Source: © https://mulpatra.com

भारतीय अधिकारीहरूले भने भारत–पाकिस्तानबीचको युद्धविराममा ट्रम्पको कुनै भूमिका नभएको बताएका छन्।

यसैबीच, पाकिस्तान सरकारले भने हालैको द्वन्द्वका क्रममा ट्रम्पको निर्णायक कूटनीतिक हस्तक्षेप र महत्वपूर्ण नेतृत्व को कदर गर्दै, उनलाई २०२६ को नोबेल शान्ति पुरस्कारको लागि औपचारिक सिफारिस गर्ने जनाएको छ।

तर ट्रम्पले अब्राहाम सम्झौताहरूलाई मध्यपूर्वलाई एक बनाउने उपाय भनेर दाबी गरे पनि, त्यो दाबी अहिलेसम्म साकार भएको छैन -इजरायल र इरानबीच युद्ध भइसकेको छ र गाजामा हमासको अक्टोबर ७ को आक्रमणबाट सुरु भएको युद्ध अझै टुङ्गिएको छैन।

ट्रम्पले यस प्रतिष्ठित पुरस्कार नपाएकोमा निराशा लुकाएका छैनन् – उनले यो विषय फेब्रुअरीमा इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूसँगको ओभल अफिस बैठकमा पनि उठाएका थिए।

पूर्व राष्ट्रपति बाराक ओबामाले २००९ मा कार्यभार सम्हाले लगत्तै नोबेल शान्ति पुरस्कार जितेका थिए, जसप्रति ट्रम्पले २०२४ को चुनावी अभियानमा गुनासो गर्दै ओबामा यो पुरस्कार लायक नभएको बताएका थिए। कतै ट्रम्प इजरायल इरान युद्ध रोक्ने प्रयास गर्न नोबेल पुरस्कारसँग बार्गेनिङ त गरिरहेका छ्रैनन भन्ने सन्देह उठ्न सक्छ ।


-एजेन्सी