अमेरिकाको आक्रमण आणविक हतियार अप्रसार सन्धि (NPT) को स्पष्ट उल्लङ्घनः इरान

काठमाडौं । इजरायल र इरानबीचको युद्धमा अमेरिका समेत सामेल भएको छ । गएराति इरानको परमाणु केन्द्रहरुमा अमेरिकी जहाजबाट बम आक्रमण गरिएको थियो । सो आक्रमणमा के कति क्षति भयो भन्ने विवरण अहिले सम्म सार्वजनिक भएको छैन ।
यसै बिच अमेरिकाले इरानको परमाणु केन्द्रमा आक्रमण गरेपछि इरानको आणविक ऊर्जा संगठन Atomic Energy Organization of Iran – AEOI ले एक वक्तव्य सार्वजनिक गरेको छ।
वक्तव्यमा भनिएको छः ‘पछिल्ला दिनहरूमा ज़ायोनी दुश्मनले गरेका क्रूर आक्रमणहरूपछि आज बिहानै इस्लामिक इरानका शत्रुहरूले फोर्दो, नतान्ज र इस्फहानस्थित आणविक स्थलहरूमा आक्रमण गरेका छन्। यो कार्य अन्तर्राष्ट्रिय कानुनको विशेषतः आणविक हतियार अप्रसार सन्धि (NPT) को स्पष्ट उल्लङ्घन हो। वक्तव्यमा थप भनिएको छ,‘यो गैरकानुनी कार्य अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) को उदासीनता र सहयोगको छायामा गरिएको छ।’
अन्र्तराष्ट्रिय निगरानी र सुृरक्षा सन्धिको दायराभित्र पर्ने क्षेत्रमा आक्रमण गरेर अमेरिकाले उक्त आक्रमणको जिम्मेवारी लिएकोले अन्तर्राष्ट्रिय समुदायले यस्तो अराजक र जंगलको कानुनजस्तो व्यवहारको भर्त्सना गर्नुपर्छ र इरानलाई आफ्ना वैधानिक हक प्राप्त गर्न समर्थन दिनुपर्छ” वक्तव्यमा उल्लेख छ।
यता अमेरिकी आक्रमण पछि पनि इरानले इजरायलमा आक्रमणलाई जारी राखेको छ । आज भएको मिसायल आक्रमणमा ८६ जना घाइते भएको इजरायली सन्चार माध्यमहरुले जनाएको छन । उता इरानी सञ्चारमाध्यमहरूका अनुसार, इरानले हाइफा र इजरायलको केन्द्रीय भागमा क्षेप्यास्त्र आक्रमण गरेको छ। आक्रमणका लक्ष्यहरूमा बेन गुरियोन विमानस्थल, जैविक अनुसन्धान केन्द्रहरू र कमाण्ड हबहरू रहेका छन्।
दुई देशको युद्धको विच अमेरिकाले आक्रमण गर्नु र थप आक्रमणको तयारी गर्नुले मध्यपुर्वमा अझै युद्ध चर्कने अनुमान धेरैले गर्न थालेका छन् ।