स्ट्रेट अफ होर्मुज बन्दः यसले मध्यपुर्वमा युद्धको खतरा झन निम्त्याउँदैछ ?
काठमाडौं । हिजो अमेरिकाले इरानका परमाणु केन्द्रहरुमा आक्रमण गरेपछि त्यहाँको सुरक्षा निकायले स्ट्रेट अफ होर्मुज बन्द गर्ने निर्णय गरेको छ । स्ट्रेट अफ होर्मुज विश्व बजारको लागि महत्वपूर्ण जलमार्गका रुपमा लिइन्छ । विश्वमा आवश्यक धेरै कच्चा तेलहरु सोही मार्गबाट आवतजावत गर्ने भएकोले विश्व अर्थतन्त्रमा यसले तेलको मुल्य बढाउन सक्ने देखिएको छ ।

यो इरान, ओमान, संयुक्त अरब इमिरेट्स बीचमा पर्दछ र पर्सियन गल्फलाई ग्लोबल महासागरसँग जोड्ने मुख्य मार्ग हो । यस नहरबाट लगभग १८ देखि २० मिलियन ब्यारेल तेल दैनिक रूपमा गुज्रन्छ, जुन विश्वका समुद्री तेल आपूर्तिको लगभग २०–२५ प्रतिशत हो । यसको न्यूनतम चौडाइ करिब ३३ किलोमिटर मात्र छ र सिमित पानीहुनुका कारण यो जहाजहरूका लागि संवेदनशील र रणनीतिक महत्वको मार्ग मानिन्छ ।
इरान इजरायल युद्धका विच एकाएक इरानका परमाण प्रशोधन केन्द्रमाथि अमेरिकी आक्रमणको प्रतिउत्तर स्वरूप इरानी संसदले स्ट्रेट अफ होर्मुज बन्द गर्ने निर्णय पारित गरेसँग अमेरिकाले चीनलाई गुहारेको छ । अमेरिकाले चीनलाई इरानसँग वार्तागरि उक्त मार्ग बन्द नगर्न आग्रह गरेको कुरा बाहिर आएको छ ।
![]() |
![]() |
![]() |
|---|
अमेरिकी आक्रमण पछि इरानले आफ्नो रणनीतिक विकल्पको रूपमा यस मार्गलाई बन्द गर्ने कुरा अगाडि ल्याएको छ
स्ट्रेट अफ होर्मुजबाट तेल मात्र नभई धेरै आवश्यकीय माल र व्यापारिक वस्तुहरू आवात जावत हुन्छ । यदि यो साँच्चै बन्द भएमा यसले शिपिंग लागत, बीमा प्रिमियम, आपूर्ति ढिलासुस्ती, वैकल्पिक मार्ग चयन गर्नुपर्ने वाध्यताले वस्तुमा लागत बढ्नेछन् र विश्वव्यापी महंगी बढी अर्थतन्त्रमा असर गर्नेछ ।
नेपालले तेल भारतबाट आयात गर्ने र भारत इरानकै भरमा रहेकोले नेपालमा समेत पेट्रोलियम पदार्थको मुल्यवृद्धि हुनेछ । र यसले सार्वजनिक यातायात भाडा बढ्ने, वस्तुहरुको ढुवानी बढ्न जाने हुनाले खाद्यसामाग्री महंगो पर्न गई मुल्य वृद्धि हुनेछ । यसले दैनिक यातायात, कृषि, निर्माण र विनिर्माण क्षेत्रमा लागतमा वृद्धि ल्याउनेछ।
स्ट्रेट अफ होर्मुज विश्व आर्थिक बजारको संवेदनशील मार्गरहेकोले इरानले यदि लामो समय बन्द गर्न गएमा यसले मध्यपुर्वमा थप समस्या सिर्जना गर्ने निश्चित छ । त्यसले सम्भावित युद्धको जोखिमलाई झन बढाउने छ ।
Image Source: © https://mulpatra.com



