रुसमा बसेर स्याङजा वलिङका चन्द्रबहादुर कुँवरले स्क्याममार्फत नेपाली ठग्दै
काठमाडौं– अवैध बाटो हुँदै रुसी सेनामा नेपाली युवालाई प्रलोभन देखाइ स्याङजा वलिङका चन्द्रबहादुर कुँवरले विगतदेखि ठगि गदै आएका थिए । उनले रुस पुराएपछि नेपालीहरुलाई बन्धक समेत ठग्ने गरेको मूलपत्रले रिपोटिङ गरेको थियो ।

तीनै कुँवरले पछिल्लो समय नेपालमा रहेका कतिपय नेपालीलाई स्क्याम अथवा ठगी गरिरहेका छन् । उनको सबै प्रमाण मूलपत्रले साइवर प्रहरीलाई जानकारी गराएको र कुँवरको प्रमाण पनि जुटाइरहेको छ ।
सरकारले बन्द गरेपनि उनीसहितको दलालले रुस लगेर भर्ती गराएका नेपालीसँग उल्टो त्यहाँको सेनाबाट भगाएर पैसा असुली आएका छन् । कहिले आफुले अत्माहत्या गरेको अपवाह फैलाउँदै कुँवर ठगि गर्दै आएका छन् ।
![]() |
![]() |
![]() |
|---|
स्याङजाका कुँवर अहिले सम्म २ हजारभन्दा बढी युवासँग १५ करोडभन्दा बढी पैसा ठगि गरेको पाइएको छ । उनी रुसमा बसेर नेपाली युवालाई नेपालमा एजेन्ट राखेर ठगि गर्दै आएका छन् । उनीले ठगिबाट बच्न आफुले नै अत्माहत्या गरेको अपवाह फैलाउँदै बेलारुसमा बसेर ठगि गर्दै आएका छन् । कुँवरलाई प्रहरीले समेत खोज्दै छ ।
कुँवरले ५० जनाभन्दा बढी नेपाली युवालाई रुसमा बन्धक बनाएर राखेको पाइएको छ । ५० जना युवालाई रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाएर प्रतिव्यक्ति १५ लाख समेत लिएको रुसबाटै एक युवाले जानकारी दिए। ती युवाका अनुसार अहिले उनले रुसी सेनामा भर्ती गराउने भन्दै लगेको ५० जना युवालाई बन्धक बनाएर राखेका छन् । अहिले खान–बस्नको टुङगो छैन । हामी ५० जनालाई बन्धक बनाएर राखेको छ । भोली रुसी सेनामा भर्ती गराउने भन्दै प्रलोभन देखाएर राखेको उनको भनाइ छ ।
कुँवरले रुसी सेनाबाट एक जना नेपाली भगाएबापत ७ लाखभन्दा बढी नेपालीसँग पैसा लिने गरेको रुसमा रहेका नेपालीहरुले बताएका छन् । भने उनले नेपालीलाई रुस सेनामा भर्ती गराएर बापत ११ लाख रुपैयाँ लिने गरेका छन् ।
Image Source: © https://mulpatra.com
रुसी सेनाबाट भगाएका नेपालीलाई ब्लकमेलिङ गरेर त्यहाँको प्रहरी समेत लगाउने गरेको रुसमा रहेका नेपालीहरु बताउँछन् । कुँवर रुसी सेनामा नेपाली लगेर ठगि गर्न सक्रिय छन् । उनले प्रतिव्यक्ति ११ लाख लिएर रुप पु¥याएका कतिपय नेपाली अहिले पनि अलपत्र अवस्थामा छन् ।
अहिले कुँवरलाई प्रहरीले खोजी गर्दै छ । उसको ठगिको बारेमा र कुँबरलाई कसैले देखे नेपाल प्रहरीमा खबर गर्न प्रहरीले नै आग्रह गरेको छ ।



