सरकारद्वारा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, वैरागीको संयोजकत्वमा छानबिन अघि बढ्ने

सरकारद्वारा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, वैरागीको संयोजकत्वमा छानबिन अघि बढ्ने
  • १० असार २०८२, मंगलवार ०७:००

काठमाडौं । भिजिट भिसा प्रकरणले संसद तताईरहेको बेला सरकारले भिजिट भिसा दुरुपयोग प्रकरण छानविनका लागि पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समितिको गठन गर्ने निर्णय गरेको हो।

mulpatra

छानबिन समितिमा गृह, संघीय मामिला तथा सामान्य प्रशासन, र परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्यका रूपमा रहनेछन्। समितिलाई भिजिट भिसाका नाममा हुने गैरकानुनी गतिविधि, दलाल संलग्नता र राज्य संयन्त्रको भूमिकाबारे गहिरो अध्ययन गरी प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको छ।

भिजिट भिसाको दुरुपयोग हुँदै नेपालीहरूलाई अवैधानिक रूपमा तेस्रो मुलुक पठाइएको, ठगी र मानव बेचबिखनका घटनामा सरकारी निकायसमेतको संलग्नता भएको आशंकामा संसद्मा चर्को विरोध हुँदै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको माग राख्दै प्रतिनिधिसभा बैठकहरू निरन्तर अवरुद्ध गर्दै आएको थियो।

mulpatra mulpatra mulpatra

रास्वपाले यसअघि नै उच्चस्तरीय छानबिन आयोग, संसदीय विशेष समिति वा न्यायिक छानबिनमार्फत मात्र सत्यतथ्य बाहिर ल्याउन सकिने अडान लिँदै आएको थियो।