इरानको आक्रमणका कारण रोकिएको कतारको उडान आजदेखि सञ्चालन

इरानको आक्रमणका कारण रोकिएको कतारको उडान आजदेखि सञ्चालन
  • १० असार २०८२, मंगलवार १३:१६

काठमाडौं– हिजो इरानले कतारमा मिसाइल आक्रमण गरेपछि रद्द भएको नेपालबाट कतारको उडान अहिले हुने भएको छ । हिजो राती ११ बजेको उडान रहेको नेपाल एयरलाइन्सको उडान आज हुने भएको हो ।

mulpatra

हिजो इरानले कतारमा मिसाइल आक्रमण गरेपछि त्यहाँको हवाई मार्ग बन्द गरिएको थियो । अहिले कतारको अवस्था सामान्य र हवाई मार्ग खुलाएपछि नेपाली जहाज यात्रु बोकेर कतार जान लागेको हो । नेपालबाट कतार जान लागेका २६९ यात्रुमा धेरै वैदेशिक रोजगारीका लागि नेपालबाट कतार जानी यात्रु रहेका छन् ।

नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले हिलो राती ११ बजेको उडान अहिले १२ बजे गर्ने भने पनि अब उडानको तयारी रहेको बताए । उनले भने, ‘आज दिउँसो १२ बजे उड्ने भने पनि अहिलेसम्म उडेको छैन । बोर्डिङ पास भइसकेको छ । अबको केही समयमा जहाज नेपालबाट कतार उड्ने छ । सो जहाजमा २६९ यात्रु रहेका छन् ।’