ट्रम्पले इजरायल र इरानलाई सहमति उलङ्घन नगर्न चेतावानी दिदै युद्धविराम गराए

ट्रम्पले इजरायल र इरानलाई सहमति उलङ्घन नगर्न चेतावानी दिदै युद्धविराम गराए
  • १० असार २०८२, मंगलवार १३:२०

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरेल र इरानबीच युद्धविराम पूर्ण कार्यान्वयनमा आएको जनाएका छन् । राष्टपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत युद्धविराम लागु भउको भन्दै यसलाई उलङ्घन नगर्न आग्ह गरेका छन् ।

mulpatra

यस लगत्तै इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक–इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ । इजरायलले इरान आक्रमणको आफ्नो उद्देश्य पूरा भएकाले युद्धविराम गर्न सहमति जनाएको बताएको छ ।

इरानबाट आफ्नो देशका निम्ति उत्पन्न ‘दुईथरी खतरा’ – परमाणु अस्त्र तथा बलिस्टिक क्षेप्यास्त्र – निस्तेज पारिदिएको पनि इजरेलले जनाएको छ। इरानको सैन्य नेतृत्वमा गम्भीर क्षति तथा दर्जनौँ सरकारी निसानाहरू ध्वस्त पारिदिएको उसले बताएको छ ।

केही बेरअघि इरानको सरकारी सञ्चारमाध्यमले पनि इजरेली भूभागमा चार लहरको इरानी क्षेप्यास्त्र हमलापछि इजरेलसँगको युद्धविराम सहमति आरम्भ भएको जनाएको छ ।
युद्धविरामको कुनै पनि उल्लङ्घनको इजरेलले कडा प्रतिक्रिया दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।