Close

Recent Posts

सरकारप्रति असन्तुष्टिले जसपाको समर्थन फिताः राष्ट्रियसभामा सरकार अल्पमतमा

सरकारप्रति असन्तुष्टिले जसपाको समर्थन फिताः राष्ट्रियसभामा सरकार अल्पमतमा
  • ११ असार २०८२, बुधबार ०६:४८

काठमाडौं । सत्ता साझेदर दल र सरकार प्रति असन्तुष्टि बढेपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारका लागि दिएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढाएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हिजो बसेको बैठकले संसदीय दललाई समर्थन फिर्ता गर्न निर्देशन दिएको छ।

mulpatra

सरकारले दिएको प्रतिबद्धता पूरा गर्न नसकेको, बजेटले समानुपातिक रुपमा समेट्न नसकेको, पार्टीलाई उपेक्षित गरिएको, सुशासन, संविधान संशोधन र आर्थिक विकासका क्षेत्रमा भने जसरी काम गर्न नसकेको भन्दै समर्थन फिर्ता लिने निर्णय पुर्नविचार गर्ने निर्णय गरेको हो । पार्टीसँग भएको सहमति, प्रतिबद्धता पुरा नगरेका र त्यसमा चासो समेत नदिइएकाले समर्थन फिर्ता गर्न निर्देशन गरेको अध्यक्ष यादवले बताएका छन् ।

सरकार असफल भएको कारणले कार्यकारिणीले समर्थन फिर्ता गर्न निर्देशन दिएको जसपाका वरिष्ठ नेपाल राजकिशोर यादवले बताएका छन् । आधिकारिक निर्णय भने संसदीय दलको बैठक बसेर निर्णय लिइने समेत उनले जानकारी दिएका छन् ।

दुई तिहाई नजिक रहेको सत्ता साझेदार दलमा जसपाले समर्थन फिर्ता लिएमा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्नेछ। ५९ सदस्यीय राष्ट्रिय सभामा सरकार पक्षका जसपाका गरि ३० सांसद छन् । जसपाले समर्थन फिर्ता लिँदा जम्मा २७ सांसद सत्ता पक्षमा हुनेछन जसले सरकारलाई राष्ट्रिय सभामा अल्पमतमा पार्नेछ ।