Close

Recent Posts

११ महिनामा तीन खर्ब ७६ अर्बको कर्जा प्रवाह वृद्धि

११ महिनामा तीन खर्ब ७६ अर्बको कर्जा प्रवाह वृद्धि
  • ११ असार २०८२, बुधबार १०:४९

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा तीन खर्ब ७६ अर्ब २९ करोड रुपैयाँको वृद्धि भएको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार, जेठ महिनामा मात्र ३६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।

mulpatra

गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो। चालु आवको जेठ मसान्तसम्ममा यो कर्जा प्रवाह ८.२३ प्रतिशतले वृद्धि भई ४९ खर्ब ४७ अर्ब २० करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आवमा कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरे पनि आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा लक्ष्य अनुरूप प्रगति देखिएको छैन। आर्थिक वर्षको अन्त्यतिर बैंकहरू कर्जा प्रवाहभन्दा असुलीमा बढी ध्यान दिने भएकाले यो वर्ष पनि कर्जा लक्ष्य नपुग्ने देखिएको छ ।

mulpatra mulpatra mulpatra

साउनमा दुई अर्ब रुपैयाँले वृद्धि भएको कर्जा प्रवाह भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब र मंसिरमा ४२ अर्बले बढेको थियो। कात्तिक र वैशाखमा भने क्रमशः दुई र चार अर्बले घटेको थियो। चैतमा ६५ अर्ब र जेठमा ३६ अर्बले कर्जा प्रवाह बढेको छ ।

११ महिनाको अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप ५ खर्ब ३ अर्ब ३९ करोडले बढेर ६२ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। गत आवको असार मसान्तसम्म यो रकम ५७ खर्ब ५४ अर्ब ७७ करोड थियो ।

पछिल्लो समय रेमिट्यान्स आप्रवाह र सरकारी खर्च बढेकाले बैंकहरूमा निक्षेप उल्लेख्यरूपमा वृद्धि भएको हो। जेठमा मात्र एक खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थपिएको देखिन्छ ।

Image Source: © https://mulpatra.com

साउनमा ३९ अर्बले घटेको निक्षेप भदौदेखि सकारात्मक बृद्धितर्फ उन्मुख रह्यो। भदौमा ७३ अर्ब, असोजमा १ खर्ब ३३ अर्ब, मंसिरमा ३३ अर्ब, चैतमा ८३ अर्ब र जेठमा उल्लेख्यरूपमा वृद्धि देखिएको हो। बैंकहरूले ब्याजदर घटाए पनि कर्जा माग अपेक्षित रूपमा बढ्न सकेको छैन ।