एनसीसी सदस्यमा अवानी पौडेलको उम्मेदवारी

एनसीसी सदस्यमा अवानी पौडेलको उम्मेदवारी
  • ११ असार २०८२, बुधबार १७:००

सिड्नी — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा अवानी पौडेलले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यतर्फबाट राष्ट्रिय समन्वय परिषद् (एनसीसी) सदस्य पदमा उम्मेदवारी दिएकी छन्।

mulpatra

सन् २०१९ मा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अष्ट्रेलिया आएकी पौडेलले छोटो समयमै नेपाली समुदायमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र सक्रिय सहभागिताबाट विशिष्ट पहिचान बनाएकी छन्।

टिम एकता अन्तर्गत उम्मेदवार बनेकी पौडेलले आफू समावेशी, पारदर्शी र नतिजामूलक नेतृत्व प्रदान गर्न इच्छुक रहेको बताएकी छन्।

mulpatra mulpatra mulpatra

“समाजले मलाई धेरै कुरा सिकायो, अब समय आएको छ सिकेको फिर्ता दिने,” पौडेलले भनिन्, “म महिला, युवा र नयाँ आप्रवासीहरूको आवाज बन्न चाहन्छु।”

शिक्षा परामर्श, वृद्ध सेवा, व्यवसाय तथा रियल इस्टेट क्षेत्रमा संलग्न पौडेल ऊर्जाशील, समर्पित र कार्यमा केन्द्रित नेतृका रूपमा समुदायमा परिचित छिन्। आकर्षक व्यक्तित्वसँगै दृढ सोच र योजनाबद्ध कार्यशैलीमा पनि उनी अब्बल मानिन्छिन्।

“अहिलेको आवश्यकता नेतृत्वको पुस्तान्तरण हो,” उनले भनिन्, “जहाँ अनुभव, जोश र सोचको सन्तुलनबाट मात्रै संस्थागत सुधार सम्भव हुन्छ।”

Image Source: © https://mulpatra.com

पौडेलले आफू आबद्ध टिम एकतालाई पारदर्शिता, समावेशी नेतृत्व र महिला सहभागिताको अभ्यास गर्ने समूहका रूपमा चित्रण गरेकी छन्।

“टिम एकता नाम मात्रै होइन, व्यवहारमै एकताको अभ्यास गर्ने समूह हो,” पौडेलको भनाइ छ।

यसपटकको निर्वाचनमा एनएसडब्लु राज्यमा युवा पुस्ताको उल्लेखनीय सहभागिता देखिएको छ। उम्मेदवारहरू आ–आफ्ना एजेन्डा सार्वजनिक गर्दै कोठे बैठक, समुदाय भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्।