Close

Recent Posts

बुद्धनगरको ‘कडक चिया क्याफे’मा महानगरको डोजर

बुद्धनगरको ‘कडक चिया क्याफे’मा महानगरको डोजर
  • १३ असार २०८२, शुक्रबार १२:२०

काठमाडौँ– राजधानीको बुद्धनगरस्थित एक चिया पसलमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । बुद्धनगरको सुवर्ण मार्गस्थित ‘कडक चिया क्याफे’मा महानगर प्रहरीले शुक्रबार डोजर चलाएर संरचना भत्काएको हो ।

mulpatra

काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा पर्ने उक्त चिया क्याफेमा पटक पटक झगडाका साथै गैरकानुनी कार्य हुने गरेको बुद्धनगर टोलबासीको गुनासो थियो । १० असारमा उक्त क्याफेमा दिउँसै युवाहरूले मादक पदार्थ सेवन गरेर झगडा गर्दा रक्तपातपूर्ण अवस्था बनेको थियो । त्यसपछि वडा सदस्य सतिश तण्डुकारसहितका स्थानीयले प्रहरी बोलासँगै युवाहरू पक्राउ परेका थिए ।

त्यसअघि पनि दिउँसैदेखि मध्यरातसम्म युवाहरूले हो–हल्ला गर्ने, झगडा गर्ने जस्ता घटना हुने गरेको स्थानीयको भनाइ छ । पटक पटक स्थानीयबासीलाई डिस्टर्ब गर्ने तथा गैरकानुनी काम हुने गरेको गुनासोपछि वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीसमक्ष बुद्धनगर टोल सुधार समितिका अध्यक्ष प्रियनाथ खनालको टोलीले ११ असारमा शान्ति कायम गर्न माग गर्दै निवेदन दिए ।

mulpatra mulpatra mulpatra

त्यसपछि वडाध्यक्ष केसीले तत्काल कडक चियाको संरचनाको के–कस्तो अवस्थामा निर्माण भएको हो ? कसरी चलिरेहको छ भन्दै नगर प्रहरीको पूर्वीक्षेत्र कमान्डलाई पत्राचार गरेको थिए । पत्राचार गरिसकेपछि छानबिन गर्दा उक्त संरचना नै अवैध ढंगले निर्माण भएको खुलेको थियो ।