Close

Recent Posts

शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं श्रेष्ठको चेतवानी

शिक्षा विधेयक होल्ड गरेर राजनीतिक खेल नखेलौं श्रेष्ठको चेतवानी
  • १६ असार २०८२, सोमबार १६:४८

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् । शिक्षा, विज्ञान तथा प्रविधि समितिको छलफलमा बोल्दै सांसद श्रेष्ठले विधेयक संसदमा पेस गर्न रोकेर समितिलाई दोषी नदेखाउन खोजिएको आरोप लगाइन् ।

mulpatra

सोमबार शिक्षक पदपूर्तिको कोटामा नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको छलफल निष्कर्षविहीन भएको थियो । महासंघसँग सहमति गरेर समितिबाट पास गराइ प्रतिनिधि सभामा पेश गर्ने तयारी थियो । उनले भनिन्, सांसदले कानून बनाउने हो, इन्ट्रेस्ट ग्रुपले बनाउने होइन ।’ शिक्षक महासंघले समेत शिक्षकहरुका एजेन्डा छाड्दै मुद्दालाई कमजोर बनाएको उनको तर्क थियो ।

तर, विधेयक समितिमै अड्काउन खोजिएको भन्दै सांसद श्रेष्ठले शिक्षकहरुलाई दलीय स्वार्थ र भोट बैंक बनाउन खोजिएको आरोप लगाइन् । कानुन सांसदले निर्माण गर्ने भन्दै उनले स्वार्थ समूह सक्रिय भएको संकेत गरिन् ।

उनले भनिन, ‘इसीडी कर्मचारीको कुरा महासंघले छोडेको छ, कसको लागि काम गरिरहेको छ ? कार्य सम्पन्न मुल्लाकंन ९० प्रतिशत राखेको छ, निजामतीको ९५ प्रतिशत छ’ उनल भनिन्, ‘सहमति भइसकेको यो विषयमा उल्टाउदै जाने हो भने, जे सहमति भएको छ त्यो फुल हाउसमा लैजाउ । ’ समितिलाई दोष दिने प्रपन्च भएको आरोप लगाउँदै उनले विधेयक होल्ड गरेर ‘पोलिटिकल गेम’ नखेल्न भन्दै आक्रोश पोखिन् ।