डेटलाइनमै शिक्षा विधेयक पारित गर्न शिक्षा मन्त्रीलाई संसद्को दबाब

डेटलाइनमै शिक्षा विधेयक पारित गर्न शिक्षा मन्त्रीलाई संसद्को दबाब
  • १६ असार २०८२, सोमबार १७:०५

काठमाडौं– प्रतिनिधिसभामा पठाउन अन्तिम अवस्थामा रहेको विद्यालय शिक्षा विधेयकबारे सहमति जुट्न नसक्दा अन्तिम अवस्थामा पेचिलो बन्दै गएको छ । समितिबाट आज पास गर्ने तयारीमा रहेको यो विधेयकबारे छलफल सक्नका लागि आज (सोमबार) बिहान साढे ८ बजे बैठक बोलाइएको थियो ।

mulpatra

शिक्षामन्त्री रघुजी पन्तले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएलगत्तै बैठक स्थगित गर्ने प्रस्ताव गरे । तर, उनको प्रस्तावमा सांसदहरूले आपत्ति जनाएका छन् । रास्वपा सांसद सुमना श्रेष्ठ, कांग्रेस सांसद डिग बहादुर लिम्बु, माओवादी केन्द्रका सांसदद्वय देवेन्द्र पौडेल, रेखा शर्मा, एमाले सांसद दीपा शर्मा, ज्ञानु बस्नेत सुवेदी लगायतले आजै पास गर्नेगरी छलफल अघि बढाउन दबाब दिएका छन् ।

शिक्षकहरूले हिजो (असार १५) गतेसम्म विधेयक पारित गराउन डेटलाइन दिएका थिए । सोही अनुसार सांसदहरू पुगेका पनि थिए । यद्यपि विधेयकका केही विषयमा शिक्षक महासंघका नेताहरूसँग सहमति जुट्न नसकेपछि पेचिलो बन्दै गएको हो ।

mulpatra mulpatra mulpatra

यद्यपि पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेको थियो । जुन विषयमा सहमति जुट्न सकेन । त्यसपछि महासंघका प्रतिनिधिहरू वार्ता छाडेर बाहिरिएका थिए । महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ । जुन विषयमा सहमति जुट्न सकेको छैन ।

विवादित विषयमा छलफल गर्न बनेको उपसमितिले टुंगो लगाएका विषयमा पुनः समस्या सुरु भएपछि सांसदहरूले आपत्ति जनाएका हुन् । माओवादी सांसद पौडेलले सरकारको कार्यक्षमतामाथि नै प्रश्न उठाएका छन् ।

माओवादी सांसद शर्माले प्रधानमन्त्रीसँग नै सल्लाह गर्नुपर्ने भएपनि गरेर आजै राति १२ बजेसम्म टुंगो लगाउनपर्ने बताइन् । ‘दलहरूबाट पनि हामीलाई दबाब छ । राति १२ बजेसम्म बसेर भए पनि टुंगो लगाऔं,’ उनले भनिन्, ‘बैठक स्थगित नगर्नुस् । आजै पास गरौं । ’ त्यस्तै, सांसद दिपा शर्माले पनि आजै पास गर्नुपर्ने बताइन् ।

Image Source: © https://mulpatra.com