निजामती विधेयक परिवर्तन गर्नेलाई तत्काल कारबाही होस्, नसच्याउँदासम्म अगाडि बढ्दैन: शेखर
काठमाडौं– निजामती सेवा विधेयकमा अनधिकृत रूपमा छेडखानी भएपछि नेपाली कांग्रेस नेता शेखर कोइरालाले आपत्ति जनाएका छन् ।

सर्वसम्मतिबाट संसदमा पेस भएको विधेयक अनधिकृत रूपमा परिवर्तन गर्नु÷गराउनु सामान्य घटना नभएको भन्दै उनले अपराध भएको बताएका छन् । उनले भनेका छन्, ‘कुनै सामान्य घटना नभई देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो ।’
विधेयकमा स्वार्थ समूहको प्रलोभनमा परी परिवर्तन गर्ने प्रकरणमा जोडिएकाहरूलाई तत्काल हदैसम्मको कारबाही गर्न पनि उनले माग गरेका छन् । साथै विधेयकलाई पुरानै अवस्थामा लैजान पनि उनले आग्रह गरेका छन् । कुलिङ पिरियड नराखी विधेयकका अगाडिका काम अगाडि बढ्न नदिने चेतावनी पनि उनले दिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
उनले भनेका छन्, यस प्रकरणमा जोडिएकाहरूलाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाइ परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऊँ । कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।’



