Close

Recent Posts

३० जिल्लामा बाढीको सम्भावना, उपत्यकासहित २४ वटामा ‘एल्लो अलर्ट’

३० जिल्लामा बाढीको सम्भावना, उपत्यकासहित २४ वटामा ‘एल्लो अलर्ट’
  • १७ असार २०८२, मंगलवार १०:५२

काठमाडौं– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १७, मंगलबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ ।

mulpatra

नदीका हिसाबले आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र बबई नदीको जलसतह सतर्कता तह तलै तर बढ्दो रहने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ ।

बाढी महाशाखाका अनुसार आज कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई वहने केही ससाना नदीमा बहाब आकस्मिक बढ्न सक्ने सम्भावना छ । उल्लिखित २५ जिल्लालाई बाढी महाशाखाले पहेँलो सूचीमा राखेको छ। यसको अर्थ सामान्य भन्दा अलि बढी मध्यम जोखिम छ भनिएको छ ।

जिल्लाका हिसाबले चाहिँ आज दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ । अतः ती जिल्लाका खोला÷नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।

साथै संखुवासभा, रसुवा, कास्की,लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ ।

यसैगरी ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, जाजरकोट र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखिएकाले ती जिल्लाका खोला÷नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।