श्रमसचिव हुँदा कामदारका दुख नदेखेका अर्यालले मुख्यसचिव भएर अनुगमन गर्दा सेवाग्राहीका सास्ती देखे
काठमाडौं– मुख्यसचिव एकनारायण अर्यालले मंगलबार मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतको अनुगमन गरेका छन् । अहिले अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि सिस्टम छन् त्यसलाई सरकारले एकीकृत गर्न लागेको अर्यालले बताएका छन् ।

मुख्यसचिव अर्यालले तीन तहका संयन्त्रबीच समन्वय नहुँदा पनि कतिपय सेवाप्रवाहमा कठिनाइ भएको र नागरिकले दुःख पाएको बताए। उनकाअनुसार तीन तहका सरकारबीच समन्वय गर्नुपर्ने देखिएको छ । ती निकायहरूमा पुगेर मुख्यसचिव अर्यालले सेवाप्रवाहका बारेमा जानकारी लिए। अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले अनुगमनका क्रममा सेवाग्राहीले सेवा पाउन अझै सास्ती खेप्नुपरेको जानकारी पाएको र सुधार्नुपर्ने धेरै कुरा रहेको बताए । ‘अध्यागमन, वैदेशिक रोजगार, राहादानी, नेपाल प्रहरीका जतिपनि हाम्रा सिस्टम छन् त्यसलाई हामी एकीकृत गर्न लागेका छौँ । यसलाई इन्ट्रिग्रेटेड गरेर सबैलाई व्यवस्थीत गर्दैछौँ । अहिले केके समस्या रहेछन्, केके सुधार्नु पर्ने रहेछ, अहिले डेलिभरि कस्तो भइरहेको रहेछ भनेर अनुगमन गरिएको हो। अनुगमनमा नागरिकले धेरै समस्या भोगेको पाइयो ।’
मंगलबारको अनुगमनका क्रममा देखिएका केही समस्यालाई तत्काल समाधान गर्नका लागि टेलिफोनबाट निर्देशन दिइएको उनले बताए । सिस्टम सुधार गर्ने विषयमा आगामी वर्ष गर्नुपर्ने काम पनि अघि बढाइने उनको भनाई छ ।
![]() |
![]() |
![]() |
|---|



