Close

Recent Posts

श्रम मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर उद्यमी गर्ने ८ जनालाई पुरस्कार (भिडियोसहित)

श्रम मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर उद्यमी गर्ने ८ जनालाई पुरस्कार (भिडियोसहित)
  • १७ असार २०८२, मंगलवार १६:१८

काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आठ जना उद्यामीलाई सम्मानसहित उद्यमी पुरस्कार प्रदान गरेको छ । श्रम मन्त्रालयले आज मन्त्रालयमै कार्यक्रम गदै सात प्रदेशका सात उद्यमी र देशभरबाट एक जनालाई उत्कृष्ट उद्यमी पुरस्कार दिएको हो ।

mulpatra

झापाका रविन पोखरेलले उत्कृष्ट, मोरङका रविन खड्का, बाराका शंकर सिम्खडा, दोलखाका कुमार श्रेष्ठ, तनहुँका बसन्त बहादुर खड्का, अर्खाखाँची शोभाखर पौडेल, सुर्खेतका लक्ष्मीप्रसाद ढकाल र बैतडीका तर्कसिंह विष्टले राष्ट्रिय उद्यमी पुरस्कार पाएका छन् । उनीहरु वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यमी गरिरहेका छन् ।

पुरस्कार पाउने सबै व्यवसायीले कम्तीमा ७ जनाभन्दा बढी रोजगारी दिएका छन् । भने उनीहरुले ८० लाखभन्दा बढी लगानी गरी व्यवसायी सञ्चालन गरेका छन् ।

mulpatra mulpatra mulpatra

पुरस्कार पाउने ८ जना वैदेशिक रोजगारीबाट फर्किएर देशमै उद्यमी गरिरहेका व्यवसायी हुन् । उनीहरुले रोजगारीसहित देशको अर्थतन्त्रलाई सहयोग गर्दै आएका छन् । सरकारले वैदेशिक रोजगारीमा सिकेको सीप सदुपयोग गरि व्यवसायी गर्ने उद्यमीलाई सहयोग गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले जानकारी दिए । स्वदेशमै केही गर्नुपर्छ भनेर वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीप र लगानीले देशको मुहार फेर्न ठुलो सहयोग पुग्ने उनले बताए ।

श्रमसचवि कृष्णहरि पुस्कारले वैदेशिक रोजगारी नेपालको मेरुदण्ड भइरहेको र यसले नेपालीको जीवनशैलीमा परिवर्तन ल्याएको दाबी गरे । उनले वैदेशिक रोजगारीबाट अर्थसँगै सीप भित्र्याएको बताए ।