Close

Recent Posts

कुलिङ पिरियड प्रकरणपछि सभापति खतिवडाको निलम्बन माग्दै सभामुखलाई निवेदन

कुलिङ पिरियड प्रकरणपछि सभापति खतिवडाको निलम्बन माग्दै सभामुखलाई निवेदन
  • १८ असार २०८२, बुधबार १४:००

काठमाडौँ– निजामती विधेयकमा कुलिङ पिरियड हेरफेर प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै युवराज सफलले प्रतिनिधि सभाका सभामुखसमक्ष निवेदन दिएका छन् ।

mulpatra

बुधबार सफलले सभामुखको सचिवालयमा निवेदन दर्ता गर्दै संसदीय छानबिन समिति गठन र दोषीलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका हुन् ।

‘कुलिङ पिरियडको सम्बन्धमा हेरफेर गर्ने कार्यमा राज्यव्यवस्था समिति सभापति रामहरि खतिवडा, अन्य सदस्य,सचिव, कानुन मन्त्री, कानुन सचिव, कानुन सहसचिव,सामान्य प्रशासन मन्त्री, सामान्य प्रशासन सचिव र सहसचिवलगायतको भूमिका भएको हुनसक्ने हुँदा सांसदले बनाएको कानुनी र दस्ताबेजमा अनधिकृत रूपमा संशोधन गर्नु भनेको राज्यविरुद्धको कसुर, सकारकारी किर्ते र न्यायिक एवं संवैधानिक जालसाजी हो’, सफलले निवेदनमा भनेका छन् ।

mulpatra mulpatra mulpatra

साथै उनले दर्ता गरेको निवेदनमा कुलिङ अफ पिरियड संशोधन भएकोमा नैतिक जिम्मेवारी राज्य व्यवस्था समिति सभापति खतिवडाको भएकाले यो प्रकरण नटुंगिदासम्म उनलाई सभापति पदबाट निलम्बन गर्न माग गरेका छन् ।