मोहन बस्नेतको आक्रोश– गगनजी अरू नेतालाई पनि समात्न लगाउनुस्, अनि तपाईं चाहिँ कहाँ जानुहुन्छ ?
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापा आफ्नो विरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन् ।

बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्मा बढी बोल्ने गरेको आरोप लगाए ।
बस्नेतले महामन्त्री थापाप्रति संकेत गर्दै अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा उनको भूमिका रहेको आरोप समेत लगाए । ‘महामन्त्री गगन जी, तपाईं सबै नेतालाई समाउन लगाउनुस्,’ बस्नेतले पार्टी बैठकमा भने ।
![]() |
![]() |
![]() |
|---|
भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउनका लागि नेपाल पाकिस्तानको मोडलमा गएको बस्नेतले पार्टी बैठकमा बताए । ‘समय लाग्ला कोही पनि सग्लो देखिने छैनन्,’ बस्नेतले भने ।
बस्नेतले टेरामक्समा आफूले गल्ती नगरेको पनि उनले बताएका छन् ।
उनले थपे, ‘गभर्नर ठूलो कुरा देशको लागि, म एउटा राजनीतिक कार्यकर्ता हो, मुद्दा लड्छु, गभर्नर र मलाई रोज्नुस् भन्दा गभर्नर रोजिएर स्वार्थ पूरा गर्ने काम भयो ।’
Image Source: © https://mulpatra.com
नेता बस्नेतले आफूविरुद्ध मुद्दा चल्दा पार्टीले सहयोग नगरेको भन्दै आक्रोश पोखे । उनले थपे, ‘महामन्त्री गगनजी तपाईं अरू नेताहरूलाई पनि समात्न लगाउनुस्, अनि तपाईं चाहिँ कहाँ जानुहुन्छ रु’
उनले आफू स्वास्थ्यमन्त्री हुँदा एक रुपैयाँ पनि हिनामिना नगरी मन्त्रालय चलाएको दाबी गरे ।
आगामी निर्वाचनमा पनि सिन्धुपाल्चोकमा कांग्रेसलाई पहिलो पार्टी बनाएर ल्याउने उनले जिकिर गरे ।



