Close

Recent Posts

सांसदको आक्रोश : मल दिन नसक्ने मन्त्रीको औचित्य के हो ?

सांसदको आक्रोश : मल दिन नसक्ने मन्त्रीको औचित्य के हो ?
  • २२ असार २०८२, आईतवार १४:०१

काठमाडौँ– सांसद अमृतादेवी अग्रहरीले रासायनिक मल अभावको विषयमा सरकारप्रति आक्रोश पोखेकी छन्। सङ्घीय संसद् अन्तर्गतको उपभोक्ता समिति बैठकमा बोल्दै उनले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सार्वजनिक रूपमा ‘सरकारले पर्याप्त मल ल्याउन सक्दैन’ भन्ने अभिव्यक्ति दिएकोमा गम्भीर आपत्तिसहित आक्रोश पोखेकी हुन् ।

mulpatra

‘किसानलाई मल दिन सकिँदैन भने मन्त्रीज्यू मन्त्रालयमा किन बसिरहनुभएको छ ?’ आइतबारको बैठकमा उनले भनिन् । उनले अगाडि भनिन्– ‘कृषि क्षेत्रका समस्यालाई समाधान गर्न नसक्ने भए मन्त्रालयको नेतृत्व किन गर्नुपर्छ ?’

सांसद अग्रहरीले सिमानामा मल लिन गएका किसानलाई ‘बोर्डरमा हस्तक्षेप गरेको’ भन्दै अन्याय नगर्न सरकारलाई आग्रह गरिन् । उनले किसानहरूको पिरमर्का बुझ्ने र समयमा मल उपलब्ध गराउने दायित्वबाट सरकार विमुख हुन नहुने बताइन् ।

mulpatra mulpatra mulpatra