Close

Recent Posts

सरकारलाई अपेक्षित बनाउन सकिएन, कांग्रेसले समीक्षा गर्नुपर्छ: महामन्त्री शर्मा

सरकारलाई अपेक्षित बनाउन सकिएन, कांग्रेसले समीक्षा गर्नुपर्छ: महामन्त्री शर्मा
  • २३ असार २०८२, सोमबार १७:५७

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको भन्दै गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

mulpatra

सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पहिलो दल भए पनि कहिले तेस्रो कहिले दोस्रो दलको नेतृत्वमा सरकार बनाएर आफूहरू सहभागी हुनमात्रै परेको बताए ।

उनले भने, ‘हामी पहिलो दल भयौँ, तर कहिले तेस्रो दलको नेतृत्वमा, कहिले दोस्रो दलको नेतृत्वमा सरकारमा छौँ, केही राम्रा कामहरू सरकारले गरेको छ । त्यसलाई एप्रिसिएट गर्नुपर्छ, तर सरकारलाई अपेक्षित गतिमा लोकप्रिय बनाउन सकिएको छैन । त्यसलाई पनि गम्भीर समीक्षा गर्नुपर्छ । हामी गम्भीर बन्न आवश्यक छ ।’

mulpatra mulpatra mulpatra

महामन्त्री शर्माले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले पनि अपेक्षित काम गर्न नसकेको बताए । उनले बैठकमा पार्टीको अवस्था, निर्वाचन प्रणाली, शासकीय स्वरूपलगायतको विषयमा लामो धारणा राखेका छन् ।