धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन, बैंकहरुले पनि अग्राधिकार सेयर
काठमाडौं– धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन, बैंकहरुले पनि अग्राधिकार सेयर जारी गर्न पाउने नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा संशोधन गरेको छ । बोर्डले नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ गते देखि लागू हुने गरि निर्देशिकाको ९ औँ संशोधन गरेको हो ।

धितोपत्र बोर्डले आन्तरिक रुपमा गठित समितिको सिफारिसमा उक्त निर्देशिकामा संशोधन गरेको हो । निर्देशिकामा गरिएको संशोधन अनुसार दुई वटा व्यवस्था कायम गरिएको छ । संशोधित निर्देशका अनुसार रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुलाई छुट्याइएको सेयरका लागि दरखास्त दिन खुला रहने समय परिमार्जन गरिएको छ ।
जस अनुसार विद्यमान १५ दिनको अवधिलाई परिमार्जन गरी कम्तीमा ४ दिन कायम गरिएको छ । सो अवधिभित्र निष्कासन गरिएको सबै धितोपत्र बिक्री नभएमा उक्त समयावधि खुला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था निर्देशिकामा गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
यसैगरी संशोधित निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने व्यवस्था पनि गरिएको छ । यसअघि निर्देशिकामा यस्तो व्यवस्था रहेको थिएन ।
संशोधित निर्देशिकामा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएरमात्रै अग्राधिकार सेयर जारी गर्न बैंक तथा वित्तीय संस्थाले धितोपत्र बोर्डमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले अंकित मूल्य १०० रुपैयाँमा अग्राधिकार सेयर जारी गर्न पाउनेछन् ।



