कुलिङ पिरियड छानबिन गर्न विशेष समितिको बैठक सुरु
काठमाडौं । संघीय निजामती सेवा विधेयक पारित गर्दा कुलिङ पिरियड गायव भएपछि गठित विशेष समितिको बैठक सुरु भएको छ ।
आज समितिका संयोजक जीवन परियारको अध्यक्षतामा सिंहदरबारस्थित राज्यव्यवस्था तथा सुशासन समितिको सभाहलमा बसिरहेको छ ।

समितिले कुलिङ पिरियड राखेको पेश गरेको विधेयकमा उक्त व्यवस्था हटे पछि परियारको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेका गरिएको थियो। उक्त समितिलाई छानबिनको लागि २१ दिनको समय दिइएको छ ।
समितिमा सांसद सुशीला थिङ, नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की सदस्य रहेका छन् ।
![]() |
![]() |
![]() |
|---|
समितिमा निजामती सेवाबाट अवकाश भएका कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति नपाउने गरी कुलिङ पिरियडको व्यवस्था विधेयकमा गरिएको थियो। तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था नराखेको पाइएपछि सांसदहरू आक्रोशित भएका थिए ।



