आज काठमाडौँसहित २७ जिल्लामा बाढीको ‘मध्यम जोखिम’

काठमाडौं– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २७, शुक्रबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ ।
जिल्लाका हिसाबले बारा, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तलै छ ।
साथै आज संखुवासभा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, गोरखा, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान, जाजरकोट, कालिकोट र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ ।
अतः ती जिल्लाका खोला÷नदी क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ ।
हेर्नुहोस् बाढी महाशाखाले जारी गरेको बुलेटिनः
