Close

Recent Posts

भारतीय विमान दुर्घटनाः इन्धन आपूर्तिसम्बन्धी गम्भीर त्रुटि

भारतीय विमान दुर्घटनाः इन्धन आपूर्तिसम्बन्धी गम्भीर त्रुटि
  • २८ असार २०८२, शनिबार ०७:५७

काठमाडौं । अहमदावादमा भएको एयर इन्डिया ड्रीमलाइनर विमानको दुर्घटना सम्बन्धि प्रारम्भिक छानबिन प्रतिवेदन सार्वजनिक भएको छ, जसले विमान उडान भरेको केही सेकेन्डमै भएको दुर्घटनाका पछाडि इन्धन आपूर्तिसम्बन्धी गम्भीर त्रुटि रहेको देखाएको छ।

mulpatra


अहमदाबाद विमानस्थलबाट लन्डन उडेको विमान दुर्घटनाग्रस्त हुँदा एक यात्रु बाहेक सबैको ज्यान गएको थियो। विमान उढेको केही सेकेन्डमै दुवै इन्जिन एकपछि अर्को गर्दै बन्द भएका थिए, जसको कारण विमान नियन्त्रण गुमाउँदै नजिकैको छात्रावासमा ठोक्किएको थियो।

भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो द्वारा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार, ककपिट अडियो रेकर्डिङमा उडानका क्रममा एक पाइलटले अर्कोलाई ‘तिमीले इन्जिन किन बन्द गर्यौ’ भनेको र जवाफमा ‘मैले होइन’ भन्ने संवाद पत्ता लगाएपछि तेलको सप्लाई नभएकाले जहाज दुर्घटना हुन पुगेको शंका गरिएको छ ।

इन्जिन बन्द हुनासाथ आपतकालीन हाइड्रोलिक पावर आपूर्ति गर्नका लागि र्याम एयर टर्बाइन स्वचालित रूपमा सक्रिय भएको देखिनु र पाइलटहरूले इन्जिन फेरि स्टार्ट गर्ने प्रयास गरे पनि एउटा इन्जिन आंशिक रूपमा चालु भएको र अर्को इन्जिन दुर्घटनाअघि पुनः सक्रिय हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार, स्वचालित प्रणालीमा गम्भीर गडबडी देखिएकोले इन्धन स्विचहरू करिब एक सेकेन्डको अन्तरमा स्वतः बन्द भएका थिए, ब्ल्याक बक्सका विवरण अनुसार थ्रस्ट लीभर निष्क्रिय अवस्थामा भेटिए पनि टेकअफ थ्रस्ट सक्रिय रहेको देखिएकोले, थ्रस्ट डिस्कनेक्टर प्रणाली असफल भएको देखिएको उल्लेख गरिएको छ ।

छानबिनमा दुबै पाइलट योग्य, अनुभवी र चिकित्सकीय रूपमा स्वस्थ रहेको, विमानको तौल र सन्तुलन पनि निर्धारित सीमाभित्रै रहेको तथा खतरनाक सामान नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
इन्धन कटअफ स्विचमा गडबडीको विषय मानविय हो या प्राविधिक अन्तिम प्रतिवेदनमा आउने भएपनि शुरुमा इन्धन कटअफ स्विच निरीक्षण नगरिएको तथ्य उजागर भएको हो।