Close

Recent Posts

ब्याजदर घट्दा सस्तीयो कर्जा, ऋणी लाभान्वित

ब्याजदर घट्दा सस्तीयो कर्जा, ऋणी लाभान्वित
  • २९ असार २०८२, आईतवार १०:४८

काठमाडौं–वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत कम गर्दा आधार दर तल आइ कर्जा थप सस्तिन पुगेको छ ।

mulpatra

कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाउँदा आधार दर (बेस रेट) तल आएको हो ।

वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल आएको छ। स्टान्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५ प्रतिशतभन्दा तल आएको हो ।

mulpatra mulpatra mulpatra

बेस रेट स्टान्डर्ड चार्टर्डको ४.९ र राष्ट्रिय वाणिज्य बैंकको ४.९७ प्रतिशतमा आइपुगेको छ। आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो । बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन् ।

बैंकहरुको आधार दरको अवस्था

बैंक

Image Source: © https://mulpatra.com

आधार दर (प्रतिशत)

स्टान्डर्ड चार्टर्ड ४.९

राष्ट्रिय वाणिज्य ४.९७

एभरेष्ट ५.३५

नेपाल ५.७६

नेपाल इन्भेष्टमेन्ट मेगा ५.८३

नबिल ५.९

ग्लोबल आइएमई ५.९७

कृषि विकास ६.०३

सानिमा ६.२६

माछापुच्छ्रे ६.३५

एनएमबि ६.३६

सिद्धार्थ ६.३५

नेपाल एसबिआइ ६.४२

सिटिजन्स ६.५३

हिमायलन ६.७

प्रभु ६.६८

लक्ष्मी सनराइज ६.५९

कुमारी ६.७४

प्राइम ६.७३

एनआइसी ७.२३