छाउगोठमा बसेकी महिलालाई सर्पले टोक्यो, उपचारका लागि आइसियु नपाएर मृत्यु
काठमाडौं– कञ्चनपुुरको नियालीमा छाउगोठमा सुतेकी महिलाको सर्पको डसाईले मृत्य भएको छ । कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. १ नियाली गाउँमा छाउगोठमा सुतेकी महिलाई शुक्रबार राती सर्पले गालामा डसेको थियो ।

शुक्रबार अन्दाजी ९ बजे सर्पले डसेपछि उनलाई धनगढी सेती प्रादेशिक अस्पताल लगिएको र आइसियु अभावले समयमै उपचार हुन नसकि मृत्यु भएको नियालीको विशाल सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष सुचित्र शाहले बताएको छन ।
सेती प्रादेशिक अस्पतालमा जम्मा १५ वटा आइसियु कक्षा रहेको र १५ वटै आइसियु खाली नहुनाले १ घण्टा बढी कुर्नु परेको थियो । आइसियुमा सर्पले टोकेको बच्चा उपचारकै क्रममा मृत्यु भएपछि खाली भएको आइसियुमा महिलालाई राखेका थिए । तर अस्पताल पुग्न ढेड घण्टा बढी लागेको र त्यति नै समय आइसियु कुर्नु परेकोले मृत्यु भएको पाइएको छ ।
कृष्णपुर वडा नं. १ मा २७ सय बढी घरधुरी रहेको र त्यसमा ६०० भन्दा बढी घरधुरीमा छाउगोठ रहेको वडाका वडाध्यक्ष मोहन बहादुर बस्नेतले बताएका छन् । छाउगोठ अझै किन भत्काउन सकिएन भन्ने विषयमा अध्यक्षले भने ‘विगतमा हामीले छाउगोठ भत्काउन, घर नजिकै सुरक्षित बताउन समेत अभियान चलायौं तर त्यस क्रममा गाउँलेसँग झडप समेत हुन पुगेको थियो ।
नियाली गाउँमा अधिकांश अछाम तिरबाट बसाईसरी आएका परिवार रहेको र धेरैले सहयोग समेत नगरेको कारण समस्या छ, अहिले हामीले बालमैत्री स्थायीन शासन लागु गरेको र ०८३ सम्म छाउगोठ हटाउने र व्यवस्थित बनाउन लागिरहेका छौं ।’ पक्की घरहुनेहरुको पनि छाउगोठ सुत्न नमिल्ने, खुम्चिएर सुत्नु पर्ने, कच्ची र अव्यवस्थित रहेको समेत वडाअध्यक्षले बताएका छन् ।
छाउगोठमा सर्पको टोकाइबाट महिलाको मृत्य भएको विषयमा नगरपालिकाकी उपमेयर द्रौपदी रानाले गाउँलेको समस्याका कारण छाउगोठ भत्काउन र व्यवस्थित बनाउन समेत नसकिएको
बताएकी छिन् ।
