Close

Recent Posts

सुवेदी लक्षित लिङदेनको व्यंग्य, मेरो गुट छैन, नयाँ मान्छे ल्याउँदा शत्रु ठान्ने पार्टीमा राखिन

सुवेदी लक्षित लिङदेनको व्यंग्य, मेरो गुट छैन, नयाँ मान्छे ल्याउँदा शत्रु ठान्ने पार्टीमा राखिन
  • २९ असार २०८२, आईतवार ११:४८

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा आफ्नो कुनै गुट नभएको बताएका छन् । काठमाडौं ५ द्वारा आयोजित जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशनको मिति समय आएपछि तोकिने बताए ।

mulpatra

अध्यक्ष लिङदेनदेखि असन्तुष्ट महामन्त्री डा. धवलशमशेर राणाको संयोजनमा संस्थापन इतर नेताहरू भेला बसेको थियो । त्यही भेलालाई लक्षित गर्दै उनले भने, ‘म सबैलाई भन्छु, पार्टीभित्र मेरो गुट छैन, मेरो पार्टीभित्र कोही विपक्षी छैन, विपक्षी को हो, जसले पार्टीलाई मुठ्ठीमा राख्न खोज्छ, नयाँ मान्छेहरू आउँदा शत्रु आए जस्तो ठान्छ । ती मानिसहरूसँग मेरो फरक मत छ ।’

नयाँ मानिसहरू नआई पार्टी ठूलो बन्दै नबन्ने भन्दै अध्यक्ष लिङदेनले कांग्रेस, एमाले, माओवादीबाट मानिसहरू ल्याउनुपर्ने बताए ।