Close

Recent Posts

रास्वपाको हस्ताक्षर अभियानप्रति टिप्पणी गर्दै प्रधानमन्त्रीले भनेः ओली सरकारलाई नालायक भन्ने ?

रास्वपाको हस्ताक्षर अभियानप्रति टिप्पणी गर्दै प्रधानमन्त्रीले भनेः ओली सरकारलाई नालायक भन्ने ?
  • २९ असार २०८२, आईतवार १८:३६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गरी भ्रष्ट तत्वहरूले हस्ताक्षर क्याम्पियन चलाएको टिप्पणी गरेका छन् ।

mulpatra

झापाको बिर्तामोडमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्वहरूले हस्ताक्षर क्याम्पियन चलाएको बताएका हुन् ।

रास्वपाले सहभागी ठगी प्रकरणमा कारागारमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई प्रतिशोधपूर्ण तरिकाले जेलमा राखिएको भन्दै देशव्यापी हस्ताक्षर अभियान चलाएको छ । ओलीले उक्त अभियानलाई लिएर आज टिप्पणी गरेका हुन् ।

ओलीले सहकारीका करोडौँ झ्वाँम पार्ने, गरिव जनताका पैसा खाएर अन्याय प¥यो भन्दै हस्ताक्षर गर्ने गरेको आरोप लगाए। अदालतले थुन्ने आदेश दिए पनि एमालेमाथि प्रहार भइरहेको भन्दै उनले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिए ।

‘भ्रष्ट तत्वहरू हस्ताक्षर क्याम्पियन चलाएर हिँडेका छन्। सहकारीका करोडौँ झ्वाँम पार्ने गरिव जनताका पैसा अनि अन्याय प¥यो भन्ने?,’ ओलीले भने, ’हामीले गरिदिएको हो अन्याय ? अदालतले लगेर थुनेको छ त हामीले अन्याय गरिदिएको हो ? मुद्दा लड्न जाऊ न अदालतका विरुद्ध पुनरावेदन गर्न पाइन्छ। मुद्दा लड्न पाइन्छ । अनि जे भए पनि भीरमा भैँसी लैजाने, चराउन नजानेर आफूले लडाउने, अनि केपी ओलीको सरकार यस्तो नालायक भन्ने ?’

ओलीले रास्वपाले प्रतिपक्षमा बसेर झुट अफवाह फैलाएको आरोप पनि लगाए । उनले थपे, ’यस्तो पनि हुन्छ? यो वास्तवमा भ्रष्ट तत्वहरूका चर्चा हुन् । प्रतिपक्षमा रहेका त्यस्ता भ्रष्ट तत्वहरूले झुट अफवाह फैल्याएका छन्’ उनले भने।