गुन्डागर्दी शैलीमा अध्यक्ष र उपाध्यक्षले संघमै असन्तुष्ट पक्ष व्यवसायीले लगाए ताला फुटाएढकालले दाेहाेराे चरित्र देखाउँदा अझ समस्या
काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ढाेकामा लागेकाे ताला खाेलिएकाे छ । संघका अध्यक्ष र उपाध्यक्षले नै गुन्डागर्दी शैलीमा ताला फुटाएका छन् ।

आज व्यवसायी संघको ढाेकामा लागेकाे ताला व्यक्तिगत निवास नभएकाे भन्दै ताला ताेडिएकाे हाे ।
आज विहानैदेखि संघको ढाेकामा ताला लागेकाे थियाे । दिउँसाे सवा तीन बजे मात्र कार्यसमितिकाे बहुमत उपस्थितिमा उक्त ताला खाेलिएकाे हाे ।
![]() |
![]() |
![]() |
|---|
नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र १२ सय व्यवसायीहरु रहेकाे संघ कसैकाे व्यक्तिगत निवास नभएकाे भन्दै कार्यसमितिका द्वितिय उपाध्यक्ष देवकुमार खाेखालीले कार्यसमितिकाे बहुमतमा ताला ताेड्दै बल देखाएजस्ताे बताए । असन्तुष्ट व्यवसायीले गुन्डागर्दी शैली अध्यक्ष र उपाध्यक्षले देखाएकाे आराेप लगाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले यसरी संघमा ताला लगाउने हर्कत स्वीकार नहुने बताए । ताला नै फुटेर व्यवसायी धम्कीपुर्ण भाषा समेत बाेलेका छन् । व्यवसायीभन्दा बिचाैलियाका लागि काम गरेका उनी ठगिमा मुछिएका व्यवसायी हुन । त्यही भएर उनलाई हटाउन सामुहिक राजिनामा गरेकाे असन्तुष्ट व्यवसायीकाे आराेप थियाे ।
अध्यक्ष याे हर्कत हेर्दा उनी र उपाध्यक्ष व्यवसायीभन्दा अर्को हर्कत प्रष्ट देखिन्छ ।अध्यक्ष भुवनसिंह गुरुङ र महासचिव महेशकुमार बस्नेतबीचको विवाद समाधान नभएपछि सोमबार पाँच पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका थिए । यसरी राजीनामा दिने पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन् । त्यस्तै सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका हुन् ।
Image Source: © https://mulpatra.com
सदस्य ढकालले भने दुबै समुहमा ठिक पारेका छन् । उनले हिजाे काठमाडौ जिल्ला प्रशासनमा भने श्रेष्ठ समुहबाट राजिनामा बुझाएका थिए । तर आज गुरूङतिर पनि देखा परे । उनकाे याे चरित्रमा संघमा झन समस्या थपिएकाे छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



