आज यी स्थानमा भारी बर्षा र चट्याङको सम्भावना, सतर्क रहन विभाग आग्रह

आज यी स्थानमा भारी बर्षा र चट्याङको सम्भावना, सतर्क रहन विभाग आग्रह
  • १६ बैशाख २०८३, बुधबार ०६:५८

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कारण अधिकांश स्थानमा बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

mulpatra

महाशाखले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

यता कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको पनी सम्भावना रहेको छ। देशका तराई भू(भागका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ।

mulpatra mulpatra mulpatra

आज राती समेत लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको पनी सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ।