Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राष्ट्र बैंकमा ७ खर्ब थुप्रियो, कर्जा लगानी सुस्त

राष्ट्र बैंकमा ७ खर्ब थुप्रियो, कर्जा लगानी सुस्त
  • ३१ असार २०८२, मंगलवार १८:२६

काठमाडौं–आर्थिक वर्षको एकदिन अघिसम्म वित्तीय प्रणालीको करिब ७ खर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकमा थुप्रिएको छ । आव अन्तिम महिना कर्जा लगानी करिब ठप्प नै हुन्छ । असुलीका कारण निक्षेपमा वृद्धि हुने भएकाले अधिक तरलताको अवस्था हुने गर्छ ।

mulpatra

आव अन्त्यमा समान्यतया बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुन्छ, अधिक तरलता भएपछि अन्तरबैंक दर घट्ने भएकाले केन्द्रीय बैंकले खिच्छ । साथै, यो अवधिमा कर्जा लगानी समेत सुस्त छ । त्यसले गर्दा मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७ खर्ब बराबरको तरलता छ ।

चालु आव ३१ असारसम्म वित्तीय प्रणालीको ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ अधिक तरलता खिचेर राखेको छ । उक्त रकममध्ये ३ खर्ब ७७ अर्ब निक्षेप संकलन उपकरणको हो भने बाँकी ३ खर्ब १५ अर्ब स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । त्यसैगरी सोमबारसम्म वित्तीय प्रणालीमा करिब ६९ अर्ब तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

mulpatra mulpatra mulpatra

चालु आव मंगलबारसम्म केन्द्रीय बैंकले खिचेको वित्तीय प्रणालीको तरलता गत आवको तुलनामा दोब्बर हो । गत आव असार अन्तिममा ३ खर्ब ५५ अर्ब रुपैयाँ अधिक तरलता भएको केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय प्रणालीमा अधिक तरलता भए पनि अन्तर बैंकदर बढ्ने–घट्ने तथा ब्याजदरमा असर गर्ने भएकाले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ । चालु आव पनि निर्यात बढेको, रेमिट्यान्स बढेको र सँगसँगै असुलीमा समेत सुधार आएका कारण अधिक तरलताको अवस्था बनेको हो ।

चालु आवमा अर्थतन्त्रका सबै सूचकमा सुधार आउने तर आर्थिक गतिविधि सुस्त हुँदा पनि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रह्यो । साथै, कर्जाको माग पनि अर्थतन्त्रका कारण अपेक्षित बढ्न सकेको छैन ।

Image Source: © https://mulpatra.com