Close

Recent Posts

बैंकहरूले थप ब्याजदर घटाए, कुन बैंकको कति

बैंकहरूले थप ब्याजदर घटाए, कुन बैंकको कति
  • १ श्रावण २०८२, बुधबार १०:४१

काठमाडौं– जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा ग¥यो ।

mulpatra

त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुग्यो ।

नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । त्यति मात्रै नभई असार महिना पूँजीगत खर्च बढी हुने महिना हो । वर्षभरिको कुल पूँजीगत खर्चमा असार महिनामा मात्रै ३२ प्रतिशत खर्च भएको छ । यसले पनि ब्याजदर थप घट्न गएको बैंकर बताउँछन् ।

mulpatra mulpatra mulpatra

बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ । असार महिनाका लागि व्यक्तिगत अधिकतम मुद्दतीको औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५.६८७ मा कायम भएको छ ।

असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् ।

असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् । हिमालयनले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले बढाएको छ भने स्टान्डर्ड चार्टर्डले जम्मा ०.०१ प्रतिशत विन्दुले बढाएको छ ।

Image Source: © https://mulpatra.com

बैंकहरुबाट पर्याप्त कर्जा जान नसक्दा नेपाल राष्ट्र बैंकमा प्रणालीको ७ खर्ब रुपैयाँ थन्किएको छ । चालु आर्थिक वर्षको ३१ असारसम्म केन्द्रीय बैंकले वित्तीय प्रणालीको ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ अधिक तरलता खिचेर राखेको छ ।

साउनमा बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर

बैंक असारको ब्याजदर % साउनको ब्याजदर %
कृषि विकास ५.४५ ५.४०
एभरेस्ट ६.५५ ६.२५
नेपाल ५.४५ ५.४०
लक्ष्मी सनराइज ५.७५ ५.५०
माछापुच्छ्रे ६.०० ६.००
एनआईसी एसिया ६.५५ ६.२५
प्रभु ६.१० ४.२५
स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२६
राष्ट्रिय वाणिज्य ६.०० ५.५०
नबिल ५.७५ ५.५०
ग्लोबल आईएमई ६.०० ६.००
सिद्धार्थ ५.७५ ५.७५
प्राइम कमर्सियल ६.२५ ६.००
कुमारी ५.७१ ५.४१
सानिमा ६.३३ ६.१८
हिमालयन ५.५० ६.००
नेपाल एसबीआई ५.५० ५.३५
इन्भेस्टमेन्ट मेगा ५.५० ५.२५
एनएमबी ६.०० ६.००
सिटिजन्स ५.६५ ५.५०
स्रोत :सार्वजनिक सूचना