विश्व पौडेलको हस्ताक्षरवाला हजारको नयाँ नोट छापिँदै

विश्व पौडेलको हस्ताक्षरवाला हजारको नयाँ नोट छापिँदै
  • १ श्रावण २०८२, बुधबार १९:३२

काठमाडौं– सरकारले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ । नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षरवाला १ हजार दरको नोट छाप्न हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो ।

mulpatra

‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने’, अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ ।